थपिए २१११ संक्रमित, १३ जनाको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक २८ गते १६:२४

काठमाडौं
नेपालमा शुक्रबार थप २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै संक्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य मन्त्रालले जनाएको छ ।
त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया