नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं
लामो समयको रस्साकस्सी र बहुमत सचिवालय सदस्यको दबाबपछि आज सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको छ।
अहिले अपरान्ह ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक सुरु भएको हो। बैठकमा छलफलका लागि कुनै ठोस एजेण्डा तय भएको छैन।
तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपीशर्मा ओलीको कार्यशैली र पूर्व सहमतिको पालना नगरेको विषय जोडदाररुपमा उठाउने तयारी गरेका छन्।
त्यसका लागि अध्यक्ष प्रचण्डसहितका नेताहरु आफ्नो रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका थिए।
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसहितका बहुमत सचिवालय सदस्यहरू ओलीले पार्टीभित्र सल्लाह नै नगरी महत्वपूर्ण राजनीतिक नियुक्तिलाई निरन्तरता दिएपछि रूष्ट छन् ।
२६ भदौको पार्टी स्थायी कमिटी बैठक र विवाद समाधानका लागि गठित कार्यदलले दिएको म्यान्डेट विपरित ओली अघि बढिरहेपछि उनीहरुको निष्कर्ष छ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया