गण्डकी प्रदेशमा संक्रमित १० हजार नाघे

समाधान संवाददाता २०७७ कार्तिक २८ गते १९:०६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेशमा शुक्रबार १ सय ७२ संक्रमित थपिएसँगै संक्रमित संख्या १० हजार ७५ पुगेको छ ।

शुक्रबार प्रदेशका ८ जिल्लामा १ सय ७२ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

४ सय ४७ स्वाब परीक्षण गर्दा १ सय ७२ जनालाई पोेजेटिभ देखिएको हो । कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १ सय ७ जना छन् ।

गोरखामा ३५, तनहुँ र स्याङ्जामा ८, नवलपुरमा ७, पर्वतमा ५, बागलुङ र लमजुङमा १/१ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

गण्डकीका कुल संक्रमितमध्ये ४ हजार ९ सय ९९ जना निको भएका छन् । १ सय १८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५५, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ९, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया