नेपाल बंगलादेशसँग पराजित, अर्को खेल मंसिर २ मा

काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टोली अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको थियो । दोस्रो हाफमा बंगलादेशले थप एक गोल गर्दा नेपाल पराजित हुन पुग्यो ।
पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २–० को जित दिलाए ।
आजको खेलमा नेपाली युवा डिफेन्डर विकाश खवासले बंगलादेशविरुद्ध डेब्यू गरे । त्यस्तै एरिक विष्टले विक्रम लामाको स्थानमा खेलको ४२ औं मिनेटमा डेब्यू गरे ।
विकासले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यू गर्ने अवसर पाएका हुन् । बंगलादेश र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया