हाम्रा बाको सपना

समाधान संवाददाता २०७७ कार्तिक २९ गते ६:५५

प्रकाश/किरण/रोशन केसी

सधैं सक्रिय भइरहनुपर्ने हाम्रा बुवाको पछिल्लो समयका दिन पनि आरामभन्दा काममा बित्थ्यो । अन्तिम दिन कात्तिक १७ गते पनि सकी नसकी कामकै सिलसिलाका फोनहरु गरिरहनुभएको थियो ।

सायद उहाँमा जिन्दगीको अन्तिम क्षण हो भन्ने आभास थिएन । त्यसैले सक्रिय नै भइरहनुभयो । एक दिन पनि आफूलाई फुर्सदमा राख्नुभएन ।

Advertisement

हजुरबुवा कीर्तिबहादुरकै प्रभावले हाम्रा बुवा सूर्यबहादुर केसी कन्ट्रक्सनको काममा संलग्न हुनुभएको हो । त्यसपछि बल्ल चाउचाउमा हात हाल्नु भयो ।

चाउचाउ कम्पनी त्यतिबेला धेरैजना व्यवसायी मिलिजुली सुरु गर्नुभयो । पछि चाउचाउ हुँदाहुँदै क्रिम्स वेफर उत्पादन पनि सुरु भयो । यो २०४८ सालतिरको कुरा हो ।

Advertisement

त्यसमा बुवासहित धेरैजनाको लगानी थियो । त्यतिबेला क्रिम्सवेफरको बजार धेरै राम्रो थियो । तर सामूहिक लगानीमा चलेको त्यो उद्योग बन्द हुन पुग्यो ।

हामी बुवाको सपना पूरा गर्ने बाटोमा लाग्छौं । सबै हाम्रा संस्थालाई केसी ग्रुपअन्तर्गत राखेर काम गर्छाैं । सबै पोखरेलीहरुले बुवालाई गर्नुभएको मायालाई सम्मान गर्ने गरी हामी अघि बढ्छौं ।

तनहुँको जामुनेमा गण्डकी ब्रिक्सको नामबाट गुणस्तरीय चाइनिज इँटाको उत्पादन सुरु भयो । अहिले माछापुच्छ्रे ब्रिक्सको नामले चिनिएको छ ।

त्यो कम्पनी पनि यही समूहले नै २०४५ सालतिर सुरु गरेको हो । पछि यो समूहले कम्पनी बेचे पनि अहिलेसम्म जामुनेको इँटाको बजार राम्रो छ । फरक क्षेत्रका धेरैजनाको लगानी भएका कारण कम्पनी बेच्नुपर्ने अवस्था आयो ।

रारा चाउचाउले बजारमा राम्रो प्रभाव जमाइरहेका बेला बजारमा ब्राउन चाउचाउको प्रवेश भयो । त्यसपछि आहा चाउचाउको उत्पादन सुरु भयो । चाउचाउलाई मैदा चाहिने भएकोले मैदा उद्योग पनि उहाँले स्थापना गर्नुभयो ।

सुनसरीको इटहरी नजिकै झुम्कामा पूर्वतिरका व्यवसायीलाई साथमा लिएर त्यो उद्योग खुलेको हो ।

त्यसपछि बुवाले शिक्षा क्षेत्रतिर पनि लगानी सुरु गर्नुभयो । यो बहुदल आइसकेपछिको कुरा हो । नयाँ व्यवसाय र काम थप्दै गए पनि निर्माण व्यवसाय भने निरन्तर चलिरहेकै थियो ।

२०४६ पछिको एक दसक नेपालमा चाउचाउ र निर्माणको क्षेत्रमा हाम्रो राम्रो उपस्थिति रह्यो ।

काठमाडौंको नेपाल मेडिकल कलेज, पोखरामा हाल सञ्चालमा रहेको एअरपोर्टको टर्मिनल भवन, त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको टर्मिलन भवन पनि बुवाकै कम्पनीबाट बनेको हो ।

पोखरा एअरपोर्टको काम २०५२ मा सुरु भएर २०५४ मा सकिएको हो । माइती नेपालको भवनमात्रै होइन पोखरा खानेपानी आयोजनाको बाँध पनि केसी कन्स्ट्रक्सनले नै गरेको हो ।

धरानको बिपी मेमोरियल क्यान्सर अस्पताल, लामाचौरको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको भवन पनि बुवाले नै बनाउनुभएको हो । उहाँ १८ वर्षकै हुँदा पोखराको रामबजारस्थित भारतीय पेन्सनक्याम्पको भवन पनि केसी कन्स्ट्रकसनले बनाएको हो ।

फेवातालको बाँध र सिद्धार्थ राजमार्ग बनाउने बेलामा भालुपहाडको चट्टान फोर्ने जिम्मा हजुरबुवाको पालामा भएको हो । हजुरबुवाको काममा सघाउन बुवा १४ वर्षको उमेरदेखि नै लाग्नु भएको हो । त्यतिबेला नै राइस मिल, तेल मिल थियो रे हजुरबुवाको ।

पोखराको प्रधानपञ्च भएका बेलामा पनि बुवाले व्यवसायलाई कुनै न कुनै रुपमा निरन्तरता दिइरहनुभएको थियो । बहुदल आइसकेपछि भने उहाँको राजनीतिक जीवन स्वाभाविक रुपमा सक्रिय भएन ।

त्यसपछि व्यवसायमै दुरदृष्टि राखेर थप काम अगाडि बढाउनुभयो । निर्माणको कामले तीव्रता त पायो नै बैंक स्थापना लगायतमा बुवा जुट्नुभयो ।

बुवा कहिल्यै पनि खाली बस्न नसक्ने । धेरै कुरामा उहाँ सिपालु हो । थोरै पैसा हुनेबित्तिकै जग्गामा लगानी गरिहाल्नु हुन्थ्यो । जग्गाको लगानी जहिल्यै पनि राम्रो थियो उहाँको । त्यही समयमा बुवाले पोखरा १४ मा गोरखा भिलेज रिर्सोट भनेर सुरु पनि गर्नुभएको हो । त्यसमा गल्फ कोर्स पनि समावेश थियो ।

गोरखा भिलेजमा गोरखा दरबारको मेन हल, क्षत्री बाहुन भिलेज, गुरुङ मगर भिलेज, नेवा भिलेजको अवधारणसहित उहाँले त्यो काम थाल्नुभएको थियो । द्वन्द्व सुरु भइसकेपछि गोरखा भिलेजको काम रोकियो । त्यति नै बेला हो पोखरामा फूलबारी रिसोर्टको काम सुरु भएको पनि ।

२०५८ सालतिर बुवाले हाइड्रोतिर पनि लगानी सुरु गर्नुभयो । तालमा बाँधको काम गरेको, फेवा ड्यामबाट बत्ती उत्पादन गरेको देखेपछि नै हाइड्रोतिर ध्यान गएको हो ।

उहाँले हाइड्रोको बारेमा पनि धेरै ज्ञान राख्नुभएको थियो त्यतिबेला । नेपालमा निजी क्षेत्रबाट बिजुली उत्पादनको बाटो खुलेपछि बुवाले काम सुरु गरिहाल्नु भयो ।

यसका लागि उहाँका केही प्रोजेक्टहरु इन्जिनियर महेन्द्रबहादुर गोदार, पुल्चोक इन्जिनियरिङ क्याम्पसका अर्जुन पौडेललाई साथमा लिएर तयारी गरिरहनुभएको थियो ।

बिजुली उत्पादन भएपछि नेपाल र नेपालीको आर्थिक अवस्था राम्रो हुन्छ भन्नेमा उहाँ त्यतिबेला नै प्रष्ट हुनुहुन्थ्यो । अहिले जति क्षमतामा हामीले बिजुली उत्पादन गरिरहेका छौं, त्यसले पोखराको माग धान्न सक्छ ।

गण्डकी हाइड्रोपावर (४.८ मेगावट) बाट हामीले काम थालेको हो । अहिले हामीसँग ६ वटा प्रोजेक्ट छन् ।

टास्क हाइड्रोपावरबाट १ मेगावाट, भगवती हाइड्रोपावर ४.५ मेगावट, सिक्लेस हाड्रोपावर १३ मेगावाट, युनाइेड इदीमर्दीबाट ६ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

४.५ को सिभिल हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । सेती नदीमा ३२ मेगावाटको करुवा सेती हाइड्रो पनि निर्माणाधीन छ । २० मेगावाटको अर्को परियोजना पिपिए प्रक्रियामा छ । अरु २ वटा परियोजनाका बारेमा पनि बुवाले सोचिरहनुभएको थियो ।

उहाँ डाउन टु अर्थ मान्छे । जसलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना थियो । ठूलो सानो भनेर कसैलाई हेर्नुहुन्थेन । कसैलाई भनेर सहयोग हुन्छ भने भन्दिनुहुन्थ्यो । पोखरेलीहरुले कति माया गर्थे भन्ने हामीले उहाँ बिरामी हुँदा नै महसुस गरेका थियौं । उहाँले पनि महसुस गर्नुभएको थियो ।

बुवाले सिमेन्ट उद्योगमा पनि चासो दिनुभयो । दाङ सिमेन्टमा उहाँले चासो देखाउनुभएको थियो । उहाँ पहिलोपटक बिरामी भएर उपचार गरेर आइसकेपछि बुवाका पार्टनरहरुले आँट गर्न सक्नुभएन ।

पछि त्यो परियोजना होलसिन भन्ने स्विस कम्पनीले लिएर चाइनिजसँग सहकार्य गरेको छ । पछिल्लो समय त कम्पनीले होङ्सीले लिइसक्यो । त्यसमा बुवाको अझै पनि केही लगानी छ ।

यो पनि – कालको पदमा परेर फर्केका सूर्य

हाम्रो बुवाले जति काम गर्नु भयो फेजवाइज गर्नुभएको छ । राजनीतिमा अलि निस्क्रिय रहेका बेला नै उहाँले उद्योगधन्दामा अलि माथि उठेको हामीले पनि अनुभूति गरेका छौं ।

२०५४ सालमा बुवाकै अगुवाइमा माछापुच्छ्रे बैंक दर्ता भएको हो । त्यतिबेला माओवादी द्वन्द्व पनि चलिरहेकै थियो ।

त्यो अवस्थामा पोखराबाट क्षेत्रीयस्तरको वाणिज्य बैंक खोल्नका लागि बुवाले कुरा मिल्ने ६/७ जनासँग सरसल्लाह गर्नुभयो । त्यसको कन्सेप्ट पछि राष्ट्रियस्तरकै वाणिज्य बैंकमा जाने नै थियो । गयो पनि ।

आनन्दराज बतास, कालु गुरुङ अंकलहरुसँगको सहकार्यमा बैंक अगाडि बढेको हो । बैंक भनेको एक्लै स्थापना गर्न सक्ने त कुरै भएन ।

फेरि बुवा कहिले पनि बैंकको अध्यक्ष हुन्छु भनेर चाहना पनि राख्नु भएन । संस्थापक त हुनुभयो अध्यक्ष हुनुभएन । संस्थापक अध्यक्ष बैंकिङ लाइनकै शंकरमान डंगोल हुनुभयो । बैंकमा कुनै बेला ठूलै हलचल पनि आयो । अहिले भने फरक व्यवस्थापनका साथ राम्रोसँग चलिरहेको छ ।

त्यति बेला बुवाले कन्स्ट्रक्सनको कामलाई पनि एकदमै प्राथमिकता राख्नुभएको थियो । भवन निर्माणमा त्यति बेला केसी कन्स्ट्रक्सन मुलुकभर टप फाइभमै थियो ।

पछि कन्स्ट्रक्सनमा धेरै प्रतिस्पर्धा हुन थालेपछि बुवाले केही सेलेक्टिभ काममात्र गरौं भन्नुभयो । त्यसै गरियो । निर्माणको काममा धेरै प्रतिस्पर्धा भएकै कारण बुवाले हाइड्रोतिर ध्यान दिनुभएको हो ।

यो पनि –अनि खुल्यो सार्कको पहिलो चाउचाउ उद्योग

बुवाका त्यतिबेलाका व्यावसायिक साझेदार हरि पाण्डे अंकल र अरु धेरै इन्जिनियरहरुले बुवाको बारेमा धेरै प्रशंसा गरिको हामी सुन्छौं । हरि अंकलकै प्रेरणाबाट बुवा हाइड्रोमा आउनुभएको हो ।

हरि पाण्डे अंकल जलस्रोत मन्त्री भएर आएपछि केसीजी अब हाइड्रोमा जानुपर्छ भन्नुभएको हो । गण्डकी हाइड्रोपावर नै उहाँसँगको साझेदारीमा बनेको हो । भगवती हाइड्रोमा त उहाँ नै अध्यक्ष हुनुहुन्छ अहिले ।

अब हाइड्रोपावर नै गर्नुपर्छ भनेर हामी ३ भाइछोरामध्येबाटै इन्जिनियरिङ पढ्न पुल्चोक पठाउनुभएको हो । पुल्चोकमा नाम निस्कँदा बुवा निकै खुसी हुनुभएको थियो ।

अर्जुन पौडेल अंकल त्यतिबेला २६/२७ वर्षको हुनुहुन्थ्यो । उहाँसँग धेरै ज्ञान थियो हाइड्रोको । अहिले नेपालको हाइड्रो सेक्टरमा पौडेलको ठूला योगदान छ ।

बुवाले जहिले पनि योङहरुसँग बसेर सल्लाह लिन रुचाउनुहुन्थ्यो । अर्जुन अंकलहरुसँग योजना र आइडिया थियो । त्यसमा बुवाहरुले पुँजी थप्नुभयो । जसबाट ट्युन मिल्न गयो ।

बुवासँग अचम्मकै क्षमता थियो । हिसाब गर्न क्यालकुलेचटर नै नचाहिने । एकदम छिटो हिसाब निकाल्ने । निर्माण लागि चाहिने नक्सा पनि आफैले कोरेर आर्किटेक्टलाई सुझाउनुहुन्थ्यो ।

चाउचाउकै कुरा गर्दा पनि उहाँमा ए टु जेड कति मैदा, कति सुप भनेर हरेक चिजको आंकलन गर्नसकने क्षमता थियो ।

हाइड्रोका लायि साइटमै नगए पनि कुन संरचना कहाँ बनाउँदा उपयुक्त हुन्छ भन्न सक्नुहुन्थ्यो । पछिल्लो समय उहाँ शारीरिक रुपमा स्वच्छ नभएकाले साइटमा धेरै पुग्न सक्नुभएको थिएन । त्यही पनि कहिलेकाँहि त उहाँ निस्कनुभयो फिल्डमा ।

शिक्षा क्षेत्रमा पनि बुवाको योगदान धेरै छ । आफू जन्मेहुर्केको ठाउँ भएर काजीपोखरीमा कालिका बहुमुखी क्याम्पस स्थापना गर्नुभयो ।

देहावसानसम्म पनि उहाँ उक्त क्याम्पसको अध्यक्ष रहनुभयो । सन्तबहादुर गुरुङ, बलवीरसिंह नेगी, महेश गुरुङ सरहरुलाई साथमा लिएर त्यो क्षेत्रको विकासका लागि कलेज पनि चाहिन्छ भनेर बुवा शिक्षामा लाग्नुभएको हो । भवन निर्माणदेखि अरु कामका लागि उहाँले सुरुदेखि नै सक्रियता देखाउनुभयो ।

त्यसपछि काठमाडौंमा सानोस्तरबाट नेपाल इन्जिनियरिङ कलेज स्थापना गर्नुभयो । त्यसमा बुवामात्रै एक्लै हुनुहुन्थेन । पार्टनरसिपमा सुरु भएको हो । दीपक भट्टराई सर, हरि पाण्डे अंकल र बुवाका अरु साथीहरु मिलेर कलेजको कन्सेप्ट ल्याउनुभएको हो ।

नेपाल मेडिकल कलेज पनि बुवाहरुले नै खोल्नुभयो । मेडिकल कलेजको भवन त बुवाले आफैले बनाइदिएर पछि हिसाब मिलाउनुभएको हो । कलेजलाई असजिलो परेका बेला आफू पदबाट हटेर लोन दिलाएर सर्भाइभ गराउनुभएको हो ।

कलेजहरु स्थापना गर्न उहाँले सबै भारहरु आफ्नो टाउकामा लिएर पद छाडेर स्थापित गराएका उदाहरण छन् ।

पोखरामा होटल म्यानेजमेन्ट कलेज खोल्न पनि दीपक भट्टराई सरको मुख्य देन हो । अहिले अशोक पालिखे अंकल त्यसको अध्यक्ष हुनुहुन्छ ।

पहिला पहल गर्ने अशोक अंकल नै हो । बुवाहरुसँग कुरा मिलिसकेपछि हामी पनि सँगै जाऊँ भनेर अगाडि बढियो । बुवासँग जग्गा थियो, त्यही जग्गमा भवनहरु बनाइयो । पछि जग्गालाई सेयरमा परिणत गरियो ।

पछिल्लो समयमा बुवाकै रुचिअनुसार निर्माण कम्पनीलाई हामीले थप सक्रिय बनाइरहेका छौं । पोखरा विश्वविद्यालयको भवन, सूर्य नेपालको फ्याक्ट्री हामीहरुले नै बनाएको हो ।

समाजसेवामा बुवाको चासो उस्तै थियो । सेवाको कुरा हामीले भन्नु त्यति उपयुक्त पनि नहोला । बुवाले सहयोग गरेको विषय हामीलाई नभने पनि थाहा भने हुन्थ्यो । कति कहाँ सहयोग गर्नुभएको छ हामीलाई अवगत छ ।

नेपाल आर्मीको मुख्यालयको भवन जुन राष्ट्रपतिबाट उद्घाटन भयो । हामीले त्यो भवन निर्धारित समयअघि नै सकेको हो । काठमाडौं जिल्ला अदालतको भवन पनि केसी कन्स्ट्रक्सनले नै बनाउने जिम्मा पायो ।

त्यसो त २०५४ सालतिरै मर्दी खानेपानी आयोजनाको काम हामीले गरेको हो । पर्वतमा पनि सामुदायिकस्तरको खानेपानी आयोजना बनाइयो । त्यसमा स्थानीयस्तरमा निकै विवाद पनि भएको थियो ।

अहिले केसी कन्स्ट्रक्सनको हातमा गोदावरीको सम्मेलन केन्द्र निर्माणाधीन छ । यो जेभीको काम हो । केसी/समानान्तरले काम गरिरहेको छ । काठमाडौंमा मुख्यमन्त्रीहरुको निवासकोे पनि जेभीमै काम भइरहेको छ ।

हजुरबुवा पहिला कोलकातामा हुनुहुन्थ्यो रे । भारतमा धार्मिक द्वन्द्व बढेपछि नेपाल आएर उताको अनुभवले काम गर्नुभयो । उहाँबाट बुवाले सिक्नुभयो । बुवाबाट हामीले सिकेका छौं । बुवामा जे काम पनि छिटो सिक्ने, चासो दिने भएकाले हजुरबुवालाई सजिलो भयो ।

समाजसेवामा बुवाको चासो उस्तै थियो । सेवाको कुरा हामीले भन्नु त्यति उपयुक्त पनि नहोला । बुवाले सहयोग गरेको विषय हामीलाई नभने पनि थाहा भने हुन्थ्यो । कति कहाँ सहयोग गर्नुभएको छ हामीलाई अवगत छ ।

जहाँ जसलाई गर्नुभयो राम्रो ठाउँमा गर्नुभयो । कसैलाई जागिर लगाउनेदेखि आर्थिक सहयोग गर्न उहाँ कहिल्यै हिच्किचाउनुभएन ।

उहाँ डाउन टु अर्थ मान्छे । जसलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना थियो । ठूलो सानो भनेर कसैलाई हेर्नुहुन्थेन । कसैलाई भनेर सहयोग हुन्छ भने भन्दिनुहुन्थ्यो ।

पोखरेलीहरुले कति माया गर्थे भन्ने हामीले उहाँ बिरामी हुँदा नै महसुस गरेका थियौं । उहाँले पनि महसुस गर्नुभएको थियो । सेवा नै उहाँको सबैभन्दा ठूलो धर्म थियो ।

कसैलाई जागिरका लागि भन्दिनुपर्ने हो कि, छात्रवृत्तिका लागि हो कि जुन कामका लागि पनि उहाँ सहयोग गर्न अघि बढिहाल्नुहुन्थ्यो । वरिपरि मान्छेहरु भए भने, कोही भेट्न आयो भने उहाँले बोर मान्नेभन्दा पनि खुसी हुने गर्नुहुन्थ्यो ।

हामीमध्ये किरण युकेमा पढिरहँदा ल आफ्नै देशमा आउनुपर्छ भन्नुभयो । अनि फर्केर आएपछि किरणलाई काठमाडौं राखेर भन्नुभयो, ‘मैले तिमीहरुलाई सबै कुरा पु¥याएको छु । खान लाउन बस्न पुग्छ तिमीहरुलाई । अब केही कुरा गर्ने हो भने सम्हाल्ने तिमीहरुले हो । हुन्छ भन्छौ भने आँट्छु ।’ अनि किरणबाट जवाफ गयो, ‘हुन्छ बुवा आँटौं ।’

मेन कुरा उहाँ रोजगारी सिर्जना गर्नतिर ध्यान दिइरहनुभएको हुन्थ्यो ।

दाङमा सिमेन्ट उद्योगको कुरा भइरहेको थियो, त्यो सुरु हुन्थ्यो भने धेरैले रोजगारी पाउँथे । तर अब ड्याडीलाई आराम गराउनुपर्छ भनेर धेरैचोटि आराम गराउन धेरै प्रयास ग-यौं ।

यो पनि –बहुदलका पक्षमा पोखरा पञ्चायतको त्यो निर्णय

झन् सेकेन्ड टाइम बिरामी पर्दा र मिर्गाैला प्रत्यारोपण गरेर आएपछि धेरै प्रयास ग-यौं । बाहिरफेर धेरै काम नगर्नाेस्, अब हजुरलाई गर्नुपर्ने नै के छ र भन्यौं । घुम्नुस्, बस्नोस् भन्यौं । तर उहाँ भन्नुहुन्थ्यो, ‘हेर, जुन दिन मेरो दिमाग चल्न छोड्छ र काम गर्न छोड्छु म त्यो दिन सिद्धिएँ भने हुन्छ ।’

उहाँ जहाँ र जुन कार्यक्रममा गए पनि आर्थिक सहयोग गरिहाल्नुहुन्थ्यो । पहिलापहिला हामी सानो हुँदा त केही थाहा हुँदैनथ्यो । तर जहिलेदेखि थाहा पाउन थाल्यौं, हामी कसैले पनि उहाँको त्यो बानीमा एकरति पनि गुनासो गरेनौं ।

उहाँ जति सहयोग गर्नुहुन्थ्यो, त्यसभन्दा धेरै आनन्द प्राप्ति गर्नुहुन्थ्यो । हामी दंग पथ्र्याैं, उहाँको सहयोगी भावना देखेर ।

हामीलाई हाम्रो बुवा भएरमात्रै भनेको होइन, वास्तवमै मानवीय गुण उहाँमा असाध्यै धेरै थियो र उहाँ हामीलाई मानवीय हिसाबमै पनि आदर्शपात्र लाग्छ ।

हामीमध्ये रोशनलाई याद छ, ‘एकजना भाइले इन्जिनियरिङ पढ्न इच्छा गरेको थियो, तर पैसा थिएन, बुवालाई त्यो कुरा थाहा भएपछि उहाँले छात्रवृत्तिका लागि भन्दिनुभयो । तर बुवाले उनलाई पढेपछि हाम्रो कम्पनीहरुमा काम गर्नुपर्छ भनेर कहिल्यै भन्नुभएन, त्यो अपेक्षा राख्नुभएन ।’

मन उहाँको निकै ठूलो थियो । कसैले आएर उहाँका अघि सहयोग माग्दा खालि हात गएको कमै देख्यौं । सकेसम्म भनेर हुने कुरा र आफूले गरेर हुने कुरामा उहाँले कहिल्यै नगरेको र नभनेको भन्ने भएन ।

बुवा कहिल्यै पनि हार मान्ने मान्छे होइन । पछिल्लो समय पनि उहाँका धेरै योजना थिए । बर्दियामा चाउचाउकोको फ्याक्ट्री तयार गरिसक्नुभएको थियो ।

त्यो काम साढे २ वर्षको दौरानमा आफैं लागेर पूरा गर्नुभएको थियो । लकडाउन नभएको भए चैतबाटै सुरु हुन्थ्यो होला । त्यहाँ ३ सय जनालाई रोजगारी सिर्जना हुन्छ । चाउचाउको उद्योग यहाँको भन्दा बढी क्षमताको हो, सँगसँगै जुस फ्याक्ट्री पनि थियो ।

पछिल्लो समय उहाँको ध्यान कृषिमा थियो । चिया खेतीका लागि झापामा जग्गा लिनुभएको थियो । केरा खेती गर्ने, अरु पनि खेती गर्ने र निर्यात गर्ने योजना थियो । निर्माण, उद्योग, जलस्रोतपछि उहाँ अबचाहिँ कृषिमा जाने भनेर लाग्नुभएको थियो ।

पछिल्लो समय उहाँको धार्मिक आस्था गहिरो थियो । आफैं पनि ध्यान गर्नुहुन्थ्यो । धर्म बचाउने हाम्रो कर्तव्य हो भन्नुहुन्थ्यो ।

परिस्थितिले बुवा राजनीतिमा लाग्नुभएको हो । पोखरा नगर पञ्चायतको प्रमुख हुँदा विकासमा ध्यान दिनुभयो । विकासकै कारणले उहाँले दोस्रोपटक पनि चुनाव जित्नुभयो । उहाँ जनताप्रेमी हुनुहुन्थ्यो ।

विकासप्रेमी हुनुहुन्थ्यो । उहाँ नगर प्रमुख हुँदा दीपेन्द्र सभागृह बन्यो । महेन्द्रपुल नयाँ बनाउनुभयो । पोखरालाई हरित सहर बनाउने भनेर वृक्षरोपणको अभियान चलाउनुभयो ।

सडकका दायाँबायाँ जतातै रुख रोपिए । सडक बनाउनुभयो । पार्कहरु बनाउनुभयो । प्रजातन्त्र आएपछि अरु पनि राजनीतिमा सक्रिय भएपछि उहाँ राप्रपामा लाग्नुभयो ।

२०५१ सालमा चुनाव लड्नुभयो, पराजित भए पनि भोट राम्रो ल्याउनुभएको थियो । २०६४ सालमा राप्रपाबाटै संविधान सभा सदस्य हुनुभयो । बुवा संविधान सभामा सक्रिय हुनुहुन्थ्यो । संविधान लेखनका लागि लाग्नुभयो । भलै पहिलो संविधान सभाबाट संविधान बन्न सकेन ।

पछिल्लो समय उहाँ कांग्रेस प्रवेश गर्नुभयो । किन कि उहाँको आस्था र विचार प्रजातान्त्रिक नै थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले पहिल्यैदेखि नै आइदिनुप-यो भन्नुभएको रहेछ ।

प्रजातान्त्रिक धारको व्यक्ति भएको हुँदा पनि कांग्रेस नै उत्तम लाग्यो । हामी बुवाको सपना पूरा गर्ने बाटोमा लाग्छौं । सबै हाम्रा संस्थालाई केसी ग्रुपअन्तर्गत राखेर काम गर्छाैं ।

सबै पोखरेलीहरुले बुवालाई गर्नुभएको मायालाई सम्मान गर्ने गरी हामी अघि बढ्छौं ।

छोराहरुका रुपमा बुवासँगका हाम्रा आफ्नाआफ्ना व्यक्तिगत सम्झना पनि छन् ।

रोशनः कान्छो भएको हुनाले पनि म बुवाको अलि बढी प्यारो थिएँ । बुवाकै कुरा मानेर म इन्जिनियरिङतिर लागेँ । पढेर देशमै केही गर्नुपर्छ भन्ने बुवाको सोचाइअनुसार लागेँ ।

बुवाको चाहनाअनुसार इन्जिनियनिरिङतिर नै बढी ध्यान दिइरहेको छु । कहिल्यै पनि हार नमान, धैर्य राख भन्ने बुवाको शिक्षा हुन्थ्यो । राम्रो काम गर्दा कहिँबाट पछि नहट भन्नुहुन्थ्यो ।

किरणः म चाहिँ सानैदेखि बुवासँग अट्याच थिएँ । राति बुवासँगै सुत्नुपर्ने हुन्थ्यो । बुुवाका सबै सजिलो र अप्ठेरो समयमा सधैं सँगै भएँ । जीवनका लागि बुवाले दिनुभएको सन्देश एउटा घटनाबाट सम्झन्छु ।

हामीहरु एकपटक टेन्डर हाल्न नारायणगढ गएका थियौं । तिनै दाजुभाइ बुवासँग गएका थियौं । बिहान नारायणगढ पुगेर बसपार्कमा एउटा सामान्य ठाउँमा जेरीपुरी खायौं ।

बेलुकाचाहिँ काम सकेर फर्किएर स्टार होटलमा डिनर ग-यौं । अनि बुवाले भन्नुभयो, ‘बिहान हामीले जेरीपुरी खाएको ठाउँमा खाने मान्छे यहाँ स्टार होटलमा आउँदैन र यो स्टार होटलमा डिनर खाने मान्छे त्यो जेरीपुरी पाइने ठाउँमा गएर खाँदैन । जिन्दगी राम्रोसँग बुझ्नुपर्छ । जस्तो पनि हुन सक्नुपर्छ ।’

गण्डकी हाइड्रो पावर बनाउने पालामा धेरै ठूलो समस्या भएको थियो । निकै ठूलो विरोध भएको थियो । फिल्डमा त्यस्तो विरोध देखेपछि बेलुका घरमा आएर रोशन र मैले भन्यौं, ‘२/४ करोड खर्च भयोभयो । यो प्रोजेक्ट नगरौं भो, छोड्दिम् । हामीलाई नपुग्दो के छ र !’ तर बुवाले तिमीहरुले नगर्ने भए नगर म गर्छु भन्नुभयो ।

जब त्यो ठाउँमा बत्ती बल्यो, सबै खुसी हुनुभयो । अनि बुवाले भन्नुभयो, ‘त्यो बेला हार मानेको भए प्रोजेक्ट पूरा हुँदैनथ्यो । जीवनमा त्यसरी हार मान्यौ भने तिमीहरुले गरिखाँदैनौ ।’ बुवाले हार नमान्न ठूलो शिक्षा दिनुहुन्थ्यो ।

प्रकाशः बुवाले असाध्यै माया गर्नुहुन्थ्यो । बुवालाई जति आदर गर्थें र सुझाव पनि दिन्थें । सशस्त्र द्वन्द्वका बेला भो विदेश गएर बसौं भनेको थिएँ, त्यो कुरामा उहाँ सहमत हुनुभएन । जस्तो भए नि आफ्नै देशमा बस्नुपर्छ भन्नुभयो । देशको माया गर्नुहुन्थ्यो र हामीलाई पनि त्यही कुरा सिकाउनुभयो ।

उहाँ साह्रै लचिलो हुनुहुन्थ्यो । संयम हुनुहुन्थ्यो । फ्याट्टै रिसाउने बानी थिएन । हामीले गल्ती गर्दा पनि उल्टै माया गरेर हामीलाई महसुस गराउनुहुन्थ्यो । एकपटक मेरो पढाइ राम्रो भएन ।

बल्लबल्ल गरेर फोनमा सुनाएँ । धेरै डर लागेको थियो । तर, ल राम्रो गरेर पढ्नू भन्नुभयो । मैले महसुस गरेँ । जसलाई पनि सहयोग गरिहाल्ने बुवाको बानीबाट म साह्रै प्रभावित छु । सानो ठूलो कसैलाई नठानी सबैलाई भाउ दिनुहुन्थ्यो ।

यो पनि 

सज्जन थिए सूर्यबहादुर

सार्प माइन्डेड सूर्य

अवसरलाई फुत्कन नदिने सीताराम

अलबिदा बालसखा सूर्य

तपाईको प्रतिक्रिया