अब बेनी अस्पतालमा थाइराइड परीक्षण

समाधान संवाददाता २०७७ कार्तिक २९ गते ८:४१

राकेश शर्मा, म्याग्दी

जिल्ला अस्पताल म्याग्दीमा पहिलोपल्ट थाइराइड परीक्षण सेवा सुरुवात भएको छ ।

थाइराइडको चेक जाँचको सुरुवात गरेसँगै सम्बन्धित बिरामीलाई उपचारमा सहज भएको छ ।

Advertisement

यसभन्दा अगाडी थाइराइडका बिरामी उपचारका लागि पोखरा र काठमाण्डौ जानुपर्ने बाध्यता थियो । अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले सेवा सुरुवात भएपछि बिरामीलाई राहत पुग्ने बताए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको अस्पतालमा अत्याधुनिक सेवा विस्तारसंगै थाइराइडको उपचार थालेको उल्लेख गर्दै अध्यक्ष कटुवालले थाइराइडको उपचारको लागि मेसिन जडान गरिएको जानकारी दिए ।

Advertisement

‘यो हप्तादेखि अस्पतालले थाइराइड परीक्षण सुरुवात गरेको छ, ‘अध्यक्ष कटुवालले भने, ‘अब सरकारी अस्पताललाई नागरिकहरुको भरोसाको केन्द्र बनाउने अभियानमा सफलता मिल्ने छ ।’ उनले केही बिरामी सचेतनाको अभावले उपचारमा ध्यान नदिएको उल्लेख गरे ।

कटुवालका अनुसार गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनमगरको पहलमा सेवा थप गरिएको हो । उनले अस्पतालमा नयाँ र आधुनिक सेवाहरु समेत थप्ने योजना सुनाए ।

डा अमृत अधिकारीले घाँटीमा हुने ग्रन्थीको समस्या धेरै मानिसमा भएतापनि परीक्षण नहुँदा अधिकांश रोग पालेर बस्न बाध्य भएको बताए । उनले सेवासँगै रोगका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

उनका अनुसार थाइराइड रोग नभएर घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी देखिन्छ । पुतलीको आकारको हुने थाइराइडले कपाल धेरै झर्ने, हात काँप्ने, गर्मी बढी हुने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी र कम आउने, निन्द्रामा गडबढी हुने लगायत लक्षण देखिन्छ ।

तपाईको प्रतिक्रिया