जहाजबाट ल्याएको मोटरसाइकल

समाधान संवाददाता २०७७ कार्तिक २९ गते १०:३८

किरणलाल श्रेष्ठ

सूर्यबहादुर केसी (सीताराम) को निधनले पोखरा दुुुुखित छ । पोखराको सामाजिक, आर्थिक, राजनीतिक विकासमा उनी जहिल्यै अग्रस्थानमै रहे ।

यो पनि – हाम्रा बाको सपना

मेरा दौंतरी उनै सीताराम ६३ वर्षमै परलोक प्रस्थान गरे । उनको परलोक गमनले परिवार, समाज उघमी र राजनीतिकर्मी मात्रै दुखी भएनन् । उनकी ८० वर्ष नाघेकी आमा र सानीआमा हजुरलाई कति शोक प-यो होला ! हामी ६० नाघेका सहपाठीलाई उनको मृत्युुवरणले उस्तै झस्काएको छ ।

मेरो दिदी सुलोचना र सूर्यको दिदी हरिमायाले सैनी लगाए । त्यसपछि त भनै पारिवारिक साइनो नै गाँस्यो । सिद्धार्थ राजमार्ग निर्माणका क्रममा सूर्यका बुवा र मेरा बुवाले साझेदारी गर्नुभयो । भालुपहाडको पहरो फोर्ने कामको ठेक्का उहाँहरुले लिनुभएको थियो ।

हाम्रो परिवारको सम्बन्ध करिब ५५ अघिदेखि हो । बुवा मथुरालालको कपडाको व्यापार थियो । मेरा बुवा र सूर्यका बुवा कीर्तिबहादुरको सम्बन्ध कपडा साहु र ग्राहकबाट सुरु भयो ।

सम्बन्ध मित्रताको रुपमा प्रगाढ हुँदै गयो । बागलुङ क्षेत्रमा कीर्तिबहादुरलाई ठेक्कापट्टामा मेरो बुवाले सहयोग गर्नुभयो । यसबाट हाम्रो परिवार झनै नजिक भयो ।

मेरो दिदी सुलोचना र सूर्यको दिदी हरिमायाले सैनी लगाए । त्यसपछि त भनै पारिवारिक साइनो नै गाँस्यो । सिद्धार्थ राजमार्ग निर्माणका क्रममा सूर्यका बुवा र मेरा बुवाले साझेदारी गर्नुभयो । भालुपहाडको पहरो फोर्ने कामको ठेक्का उहाँहरुले लिनुभएको थियो ।

यो पनि – कालको पदमा परेर फर्केका सूर्य

सूर्य र म २०२३ मा तत्कालीन नेपाली आदर्श स्कुल (गण्डकी बोर्डिङ) मा सँगै भर्ना भयौं । स्कुल जाँदा आउँदा सँगै भइयो । सूर्यको परिवार त्यतिबेला मझेरीपाटनमा बस्थ्यो ।

स्कुल जानुपर्दा उनी एक दिन अगाडि मझेरीपाटनबाट बजार आउँथे । बिदा मनाउन घरजानु अघि पनि एक रात मेरो घरमा बास बसेकै हुन्थे । त्यतिबेला धेरै रात हामी एउटै ओछ्यानमा सुत्यौं ।

यो पनि –अनि खुल्यो सार्कको पहिलो चाउचाउ उद्योग

पढाइमा ऊ औसत थियो । तर फुर्तिलो । जे गर्न पनि हरदम तयार । यही रमाइलोबीच हामीले ४ वर्ष सँगै बितायौं । बिदाको समय उसको घर मझेरीपाटन जानुपर्ने । गतिलो बाटो थिएन । अनकन्टार अनि पुग्नै टाढा । तर हाँस्दै खेल्दै जाँदा बारीमा स्याल भेटिन्थे । स्याल लखेट्दाको अर्कै आनन्द थियो ।

सूर्य तीक्ष्ण बुद्धिको मात्रै नभएर चलाख र चकचके पनि थियोे । महेन्द्रपुलबाट लामाचौरसम्म पुग्दा बाटोबाटोमा रुख चढ्नु सामान्य थियो । बाटोमा भुल्दै, खेल्दै जाँदा घन्टी लागिसकेको हुन्थ्यो । त्यही कारण धेरैपटक हेडमास्टर मार्था मुखियाबाट सजायँ पनि पाइयो ।

बायाँ किरणलाल श्रेष्ठ र दायाँ सूर्यबहादुर केसी

साहसी, जे पनि गर्न तयार हुने, स्कुल जाँदा हिँड्दा हिँड्दै रुख चढ्न भ्याउने भएकाले हामीले बालसुलभ तरिकाले ‘लाखु’ भनेर गिज्याउँथ्यौं । गण्डकी बोर्डिङ पढाइका क्रममा उसको रेखदेख हाम्रै घरबाट भयो । स्कुल जाँदा प्रायजसो बुवाले पठाउने खानेकुरा र पोसाक सूर्य, म र मेरो भाइ इन्दुलाल श्रेष्ठको एकै खालको हुन्थ्यो ।

पढाइमा ऊ औसत थियो । तर फुर्तिलो । जे गर्न पनि हरदम तयार । यही रमाइलोबीच हामीले ४ वर्ष सँगै बितायौं । बिदाको समय उसको घर मझेरीपाटन जानुपर्ने । गतिलो बाटो थिएन । अनकन्टार अनि पुग्नै टाढा । तर हाँस्दै खेल्दै जाँदा बारीमा स्याल भेटिन्थे । स्याल लखेट्दाको अर्कै आनन्द थियो ।

स्कुलको व्यवस्थापन नराम्रो भएकाले गण्डकी बोर्डिङ छाडेर ऊ अमरसिँह स्कुल र म नेसनल हाइस्कुलमा भर्ना भयौं । तर हाम्रो पारिवारिक भेटघाट जारी नै थियो ।

यस्तो नजिक सम्बन्ध कि उसको १ जना भाइको जन्म हाम्रो तेर्सापट्टी घरमा भएको थियो । मिठाइँ र गुलियो भनेपछि हुरुक्कै हुने सूर्य स्कुुुलबाट बिदामा घर आउँदा सँगसँगै राखेर मेरो बुवाले खुवाउनुु हुन्थ्यो ।

यो पनि –बहुदलका पक्षमा पोखरा पञ्चायतको त्यो निर्णय

बुबाहरुको मित्रता र व्यावसायिक साझेदारीले परिवारमा दोहोरो निकटता थियो । हामी हुर्कँदै गयौं । मलाई याद छ मझेरीपाटनबाट बजार र अन्यत्र जान टाढा र गाह्रो पर्ने भएकाले मेरो बुवाले जहाजबाट मोटरसाइकल मगाइदिनुभयो ।

पृथ्वीनारायण क्याम्पसमा पनि हामी सँगै पढियो । तर संकाय फरक थियो । ऊ मानविकी र म वाणिज्यमा भए पनि नियमित भेटघाट भइरहन्थ्यो । त्यस बेलासम्म सूर्यको पढाइमा कम, बुवाको काममा ज्यादा संलग्नता थियो । ऊ पढाइ छाडेर व्यवसाय सम्हाल्नतिर लाग्यो । म स्नातक पढ्न काठमाडौं ।

त्यतिबेला ३ हजार ९ सय १६ रुपैयाँ परेको होन्डा सी ९० मोटरसाइकल हामीले खुबै हुइँक्याइयो । मोटरसाइकलको नम्बर ७ थियो । जसमा हामी धेरैपटक २ जना भएर काठमाडौं पनि पुगेका छौं ।

मोटरसाइकलकै कुरा गर्दा पछि नेपालभूषण चन्द, म र सूर्य गरी तिनै जनासँग मोटरसाइकल भए । खुब रमाइलो गर्दै मोटरसाइकलमा सयर गरियो ।

पृथ्वीनारायण क्याम्पसमा पनि हामी सँगै पढियो । तर संकाय फरक थियो । ऊ मानविकी र म वाणिज्यमा भए पनि नियमित भेटघाट भइरहन्थ्यो । त्यस बेलासम्म सूर्यको पढाइमा कम, बुवाको काममा ज्यादा संलग्नता थियो । ऊ पढाइ छाडेर व्यवसाय सम्हाल्नतिर लाग्यो । म स्नातक पढ्न काठमाडौं ।

म काठमाडौं रहेका बेला ऊ बाक्लै गरी जान्थ्यो । सँगै बस्ने र घुम्नेक्रम उतै पनि रोकिएन । बुवा कीर्तिबहादुरको निधन चाँडै नै भएकाले उसको काँधमा ठूलो जिम्मेवारी थपियो । व्यवसायलाई अघि बढाउँदै निर्माण कम्पनीलाई पोखरा क्षेत्रकै नम्बर १ बनायो । बुवा कीर्तिको कीर्ति बढाउने काम ग¥यो ।

व्यवसाय र राजनीति साथै सामाजिक कार्यमा ऊ कहिल्यै चुकेन । त्यही बीचमा वडा नम्बर १० को निर्माण कार्यमा तत्कालीन मेयर उत्तम पुनसँग उनको झक्काझक्की परेछ ।

म पनि तिम्रो कुर्सीमा बस्ने सामथ्र्य राख्छु कुनै दिन भनेर सूर्यले चुनौती दियो । यो चुनौतीलाई सार्थक पार्न सूर्यलाई हामीले नगर पञ्चायतको चुनावमा सहयोग ग¥यौं । अन्ततः ऊ चुनौतीलाई अवसरमा परिणत गर्न सफल भयो । मेयर निर्वाचित भयो ।

त्यसपछि उसको राजनीतिक यात्रा सुरु भयो । कार्य कुशलता र सुझबुझका कारण राजनीति यात्रा पनि उसले सफलतापूर्वक अघि बढाउँदै लग्यो ।

मृदुभाषी र इमान्दारीका कारण पनि सबैको आशा र विश्वास पनि जित्दै गयो । त्यही स्वभावका कारणले व्यावसायिक सफलता हाँसिल गर्दै गयो । मुलुककै सफल उद्यमी बन्यो ।

यो पनि 

सज्जन थिए सूर्यबहादुर

सार्प माइन्डेड सूर्य

उसले पहिलोपटक मेयरमा जितेपछिको प्रमाणपत्र मसँग धेरै वर्षसम्म सुरक्षित थियो । ऊसँग मेरो फोनमा नियमित कुराकानी हुन्थ्यो ।

अब सबै व्यवहार छोडी सामाजिक कार्यमा आफूलाई समर्पित गर्दछु भन्थ्यो उसले । उसले कालिका क्याम्पस लगायत थुप्रै सामाजिक कार्यमा निरन्तर सहयोग गरिरह्यो । बालसखा सूर्यको स्वर्गवासको कामना ।

यो पनि 

अवसरलाई फुत्कन नदिने सीताराम

अलबिदा बालसखा सूर्य

तपाईको प्रतिक्रिया