जेलका कांग्रेस र कम्युनिस्टलाई च्यांग्रो पठाउने सीताराम

समाधान संवाददाता २०७७ कार्तिक ३० गते १९:३९

कुसुमकेशव पराजुली

रातको नौ बज्नै लाग्यो, सीताराम केसीसँग भेट हुनै कठिन थियो । एकातिर उदाउँदो राजनीतिक व्यक्तित्व अर्कोतिर राजनीतिको कालरात्रि ।

बेला थियो नेपाली कांगे्रसले सत्याग्रह आन्दोलनको घोषणा गरेको, उता नेपालका लोकतान्त्रिक धारका वामपन्थीहरुले पनि आ–आप्नै ढंगले शान्तिपूर्ण जुलुस प्रदर्शन गरेको ।

यो पनि – हाम्रा बाको सपना

तिनै कांग्रेस र कम्युनिस्टहरुका ३ दर्जन स्थानीय नेता कार्यकर्ताहरु पोखराको जेलमा दसैं मनाउन बाध्य भएका थिए । परिवर्तनका पक्षपाती हामी युवा पञ्चायती व्यवस्थाको समर्थन गर्न त सकिएन तर उदारवादी राजनीतिकर्मीसँग हाम्रो खासै गुञ्जायस थिएन ।

यो पनि – कालको पदमा परेर फर्केका सूर्य

जेलमा रहेका कांग्रेस, कम्युनिस्टहरु एकजुट भइसकेका थिएनन् । उनीहरुलाई कसरी दसैं मनाउन सघाउने ? हाम्रो चिन्ता त्यही थियो । अन्ततः हामीले सीताराम केसी अर्थात सूर्यबहादुर केसीसँग उनीहरुलाई दसैं मनाउन एउटा च्यांग्रो सहयोग गर्न भेट्दै थियौं ।

उनै सूर्यबहादुर केसीले हाम्रो कुरालाई सहजै स्वीकारेर सहयोग गरे ।

सूर्यबहादुर केसीले पहिलो निर्वाचन यात्रा तत्कालीन पञ्चायती व्यवस्थामा पोखरा नगर पञ्चायतको प्रधानपञ्चबाट सुरु गरेका थिए ।

पञ्चायतका अनुदारवादीको बिरोध गरेर पञ्चायती राजनीति गर्ने उदारवादी राजनीतिज्ञ सुर्यबहादुर थापासंग सीताराम केसीको जम्काभेट नभएको होइन । तथापि निर्दलीयताका विरोधी नेपाली कांग्रेस र लोकतन्त्रवादी कम्युनिस्टहरुसँग उनी तादात्म्यता राख्दथे ।

यो पनि –अनि खुल्यो सार्कको पहिलो चाउचाउ उद्योग

धेरैजसो हामी पत्रकारहरुले मिसन पत्रकारिता गरेको प्रायः सबैलाई थाहा थियो । पञ्चायतको समर्थन र विरोध गर्ने सबैले आ–आफ्नो मिसन बोकेका थिए ।

एउटा राष्ट्रिय उद्योगपति हुनाको नाताले सूर्यबहादुर केसी देशभक्त थिए । विदेशी मालको बजार मात्र बनाउने दलाल पुँजीपतिभन्दा उनी केही पृथक थिए ।

दक्षिण एसियामा नै जापानी प्रविधि भित्र्याएर वामपन्थी उद्यमी कृष्णप्रसाद आचार्यसँग केही समय कार्य गरेका सूर्यबहादुर केसीले प्रजातन्त्र पक्षधर हाम्रा पत्र–पत्रिकालाई बिनारोकतोक विज्ञापन दिएर, ग्राहक बनाएर सहयोग पु¥याउँथे ।

यो पनि –बहुदलका पक्षमा पोखरा पञ्चायतको त्यो निर्णय

सूर्यबहादुर केसी सबै कुराले पूर्ण हुँदा हुँदै स्वास्थ्यको कारणले अपूर्ण भएका रहेछन् भन्ने कुरा धेरैपछि थाहा भयो । विभिन्न रोगले आक्रमण गरिसकेपछि उनको हार भयो भन्ने सुनेँ ।

यो पनि 

सज्जन थिए सूर्यबहादुर

सार्प माइन्डेड सूर्य

अन्ततः सूर्यबहादुर केसी शारीरिक रुपमा थाकेर हारे भन्ने सुन्दा दुःख लाग्यो ।

पछिल्ला दिनहरुमा उनको विवेक हराएको थिएन । आफ्नो काम विशेषले महतगौंडा सीतापाइला ओहोरदोहार गर्दा होस् वा भारतको नयाँ दिल्लीमा उपचाररत हुँदा होस् असहाय बेवारिसे ज्येष्ठ नागरिकहरुको आश्रयस्थल पोखरा वृद्धाश्रममा आर्थिक भौतिक सहयोग गर्न उनले चुकेनन् ।

केसीको हार अरु कुनै पनि मामलामा अधोगति थिएन तै पनि उनको देहवसानप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त नगर्नु हामीले उचित ठानेनौं ।

उनका परिवारजनप्रति गहिरो समवेदना छ । मुलुकको राजनीतिक र आर्थिक उन्नतिमा जे जसरी उनको योगदान रह्यो, सामाजिक र सांस्कृतिक संरक्षणमा उनी आफ्ना पिताजी जस्तै रहे ।

पछिल्ला दिनहरुमा उनको विवेक हराएको थिएन । आफ्नो काम विशेषले महतगौंडा सीतापाइला ओहोरदोहार गर्दा होस् वा भारतको नयाँ दिल्लीमा उपचाररत हुँदा होस् असहाय बेवारिसे ज्येष्ठ नागरिकहरुको आश्रयस्थल पोखरा वृद्धाश्रममा आर्थिक भौतिक सहयोग गर्न उनले चुकेनन् ।

सूर्यबहादुर केसीको राजनीतिक यात्रा अन्ततः लोकतान्त्रिक धारभन्दा पृथक थिएन भने राष्ट्र, राष्ट्रियतासँग मेल खाने खालको थियो । तत्कालीन अवस्थामा उनी कम्युनिस्ट बन्न सकेनन् भनेर इल्लिबिल्ली पार्नु आवश्यक छैन ।

आफ्नो गोत्रीय वा जातीय संस्थामा उनले अतिवादी राजनीति नहोस् भन्ने चाहन्थे भने कुलसंस्कार मिल्ने संघसंस्थामा उल्लेख्य योगदान दिएका थिए ।

उनलाई गुणगान गर्न यो आलेख तयार पारिएको होइन र देहावसान पछि गोहीको आँसु चुहाउन पनि यो आलेख तयार पार्न खोजिएको होइन ।

सूर्यबहादुर केसीको राजनीतिक यात्रा अन्ततः लोकतान्त्रिक धारभन्दा पृथक थिएन भने राष्ट्र, राष्ट्रियतासँग मेल खाने खालको थियो । तत्कालीन अवस्थामा उनी कम्युनिस्ट बन्न सकेनन् भनेर इल्लिबिल्ली पार्नु आवश्यक छैन ।

आजको परिप्रेक्षमा हुनुपर्ने राष्ट्रिय अर्थतन्त्रको निष्ठा, इमान्दारीको धरातलमा सतिसाल हुनुपर्दो रहेछ भनेर उनीबाट शिक्षा लिन वर्तमानका क्रान्तिकारीहरुले समेत सकिन्छ कि ?

राजासहितको बहुदलीय व्यवस्था र गणतन्त्रको किशोरावस्थामा क्रान्तिकारी वा लोकतन्त्रवादीहरु धरमराएको बेला स्थिर राजनीतिका लागि, स्वाधीन अर्थतन्त्रका लागि सूर्यबहादुर केसीले अहिलेका राजनीतिकर्मीलाई व्यावहारिक शिक्षा प्रदान गरेका छन् ।

हाम्रा राजनीतिक शिक्षा र सिद्धान्त पृथक हुन सक्छन्, विचार, कार्यशैली भिन्न हुन सक्छन् । देश र नेपाली जनतालाई केन्द्रमा राख्ने हो भने वर्तमान सरकार र प्रमुख प्रतिपक्षले गरिरहेको राजनीति सन्तोषजनक भएन ।

यस्तो अवस्थामा विश्वव्यापी स्वास्थ्य संकट अनि त्योभन्दा ठूलो आर्थिक संकटले गाँजिसकेको छ । हामीकहाँ दलाल पुँजीवादबाट एक कदम अगाडि नबढ्ने राजनीतिक व्यवस्था कायम छ ।

उदारवादी र समाजवादी आर्थिक सामाजिक संरचनाका लागि राजनीतिक संघर्ष चलेको छ । संविधानमा उल्लेख भएको समाजवाद उन्मुख व्यवस्था र परिपाटीमा जाने कि नवउदारवाद नामको विसंगतियुक्त पुँजीवादी मार्गमा जाने भन्ने सैद्धान्तिक र वैचारिक संघर्ष उत्कर्षमा छ ।

निर्दलीयता होस् वा बहुदलीय र गणतन्त्र सम्म आइपुग्दा सूर्यबहादुर केसीले जसरी अन्तिममा परिवर्तनको पक्षमा राष्ट्रिय पुँजीपतिको भूमिका अदा गरे के अहिलेका राष्ट्रिय पुँजीपति र उद्यमीले पुरानो राज्य व्यवस्थाका अवशेषलाई फालेर राष्ट्रिय पुँजीको विकासमा योगदान पु-याउन सक्लान् ?

सरकार वा प्रतिपक्षमा पनि कतिपय लोकतान्त्रिक समाजवादी बाटोमा मुलुकलाई लैजानुपर्छ भन्दै छन् भने कतिपय सरकारी वा प्रतिपक्षले पुरानो राज्यसत्ता कायम गर्न न्वारनको बल लगाउँदै छन् ।

हामीमध्ये धरमराएका कतिपय उद्योगी व्यवसायी, राजनीतिकर्मी, अधिकारकर्मी, सञ्चारकर्मी र नागरिक समाजले वर्तमान परिप्रेक्षमा पश्चगामी विचार वा सिद्धान्त राख्न सकिँदैन ।

निर्दलीयता होस् वा बहुदलीय र गणतन्त्र सम्म आइपुग्दा सूर्यबहादुर केसीले जसरी अन्तिममा परिवर्तनको पक्षमा राष्ट्रिय पुँजीपतिको भूमिका अदा गरे के अहिलेका राष्ट्रिय पुँजीपति र उद्यमीले पुरानो राज्य व्यवस्थाका अवशेषलाई फालेर राष्ट्रिय पुँजीको विकासमा योगदान पु-याउन सक्लान् ?

अन्ततः दलाल पुँजीवादबाट मुलुकको हित हुन सक्दैन भन्ने हेक्का उनीहरुलाई हुनुपर्छ । समाजवादको यात्रा त निकै लामो र अनन्त छ । समाजवादमा समेत राष्ट्रिय पुँजीपति वर्गको भूमिका अग्रणी रहन्छ ।

राष्ट्रको शान र आफ्नो राष्ट्रिय उन्नति नेपाली पुँजीपति वर्गको समेत इज्जत हो ।

यो सोच र विचार राख्ने नेपाली समाजले सूर्यबहादुर केसीलाई सच्चा श्रद्धाञ्जली गरेको सम्झिने छ ।

गणतन्त्र आएपछि संक्रमण काल छोटो होला, जाने बुझेका राजनेता छन्, जनताले धेरै दुःख नपाउलान् भन्ने आम नेपालीको विश्वास थियो ।

निरंकुशतन्त्र, गरिबी, अन्याय, विभेद र क्षेत्रीय असन्तुलन विरुद्ध लड्दै आएका राजनीतिक दललाई साथ दिँदै आएका नेपाली जनताको त्यो आशा र विश्वासमा तुषारापात हुँदैछ भन्ने आशंका बढेको छ ।

शहीद र वेपत्ता परिवारको पीडा झनै कहाली लाग्दो छ । नेपाली जनताले के अहिलेको अत्यास लाग्दो राजनीति, विषम आर्थिक व्यवस्था, विभेद, अन्यायपूर्ण राज्यव्यवस्था र संकटका घडीमा राज्यको अविभावकत्व नपाउने चिताएका थिए ?

राजनीतिक दाउपेच, आफन्तलाई लाभको पद, राजदूत नियुक्ति र अन्य सुविधा सत्ताधारीको पेवामात्र ता निरंकुशतन्त्रमा पनि थियो भनेर बुझ्दैनन् जनताले ?

प्रतिपक्षका नेता गण पनि आफू र आफन्तले सुविधा पाएपछि चुप लाग्नुपर्छ भन्ने कुन राजनीतिक दलको दस्तावेजमा लेखेको छ र, त्यसको पालना भइरहेको छ ?

नेपाली जनताले धेरै कुरा बुझेका छन् । मुलुकमा तेस्रो विकल्प तयार नभइरहेको अवस्थामा वर्तमान सत्ताधारी र प्रतिपक्षले अवसर पाएका हुन भनेर जनताले बुझेका छन् ।

दुवै राजनीतिक दलले आफू सच्चिएर नआउने हो भने आगामी दिन उनीहरुका लागि राजनीति वातावरण त्यति सजिलो छैन ।

राज्य सत्ता फेरि अराजकता, उग्र वामपन्थी वा दक्षिणपन्थीको हातमा पुग्न सक्ने अवस्था यथावत छ । हामीले विश्वास गरेका राजनीतिक दलहरु फेरि एकपटक सडक छाप बन्दैनन् भन्ने ग्यारेन्टी छैन ।

लाज त वर्तमान अन्तर संघर्षमा अल्झिएको नेकपा (नेकपा) लाई बढी र समतुल्य शक्ति हौं भन्ने नेपाली कांग्रेसलाई लाज लाग्नुपर्ने हो । नेपालमा जे गरे नि जसो गरे नि ठिकै मान्ने दलाल प्रवृत्तिका पुँजीपति वा श्रमजीवी मात्रै छैनन् ।

यस्ता कुराबाट वाक्क भएका सूर्यबहादुर केसीजस्ता थुप्रै राष्ट्रिय उद्योगपति नेपालमा छन् । उनीहरुले बर्तमान लथालिंगको राजनीति, दलाल पुँजीवादी अर्थव्यवस्था र विकृत सामाजिक संस्कृति उपर धावा बोल्नुपर्ने अवस्था आएको छ ।

राष्ट्रिय पुँजीपति वर्ग श्रमजीवीसँग एकाकार भएर त्यो दायित्व निर्वाह गर्न सक्छन् ।

मजदुर आन्दोलन कमजोर भएको वर्तमान अवस्थामा असक्षम सत्ताधारी वा प्रतिपक्षी जुन सुकै राजनीतिक दल होउन् श्रमजीवीले आफ्नो रोजीरोटी गुमाउँदा र कोरोना संक्रमणको प्रभावमा समेत सरकारको कम वास्ताप्रति आवाज उठाउनु पर्छ र वर्तमान अस्तव्यस्ततालाई समाप्त पार्नुपर्छ ।

यो पनि 

अवसरलाई फुत्कन नदिने सीताराम

अलबिदा बालसखा सूर्य

जहाजबाट ल्याएको मोटरसाइकल

जसले मलाई उद्यमी बन्न प्रेरित गरे

पञ्चायत र बहुदलका फ्युजन

तपाईको प्रतिक्रिया