भाइटीकाको दिन फेवातालमा पुरुष मृत भेटिए
समाधान संवाददाता
२०७७ मंसिर १ गते १८:४८

समाधान संवाददाता, पोखरा
भाइटीकाको दिन सोमबार फेवातालमा १ पुरुष मृत भेटिएका छन् । बाराहीघाटमा अन्दाजी ३०/३५ वर्षका पुरुष मृत भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
उनको शव दिउँसो १ बजे ताल किनारमा तैरिरहेको अवस्थामा भेटिएको हो । ती पुरुषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया