पोखराका ७० वर्षे संक्रमितको मृत्यु, प्रदेशमा मृतक १२४ पुगे

समाधान संवाददाता २०७७ मंसिर १ गते २०:०९

समाधान संवाददाता, पोखरा

Advertisement

भाइटीकाको दिन पोखरामा आज १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका १५ का ७० वर्षे वृद्धको आज मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनमा आइतबार कोरोना पुष्टि भएको थियो । ती वृद्धमा निमोनियाको समस्या थियो । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २४ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ६०, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका १०, गोरखाका र बागलुङका ८/८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ९७ पुगेको छ । सोमबार कास्कीमा ७ संक्रमित थपिएका छन् ।

Advertisement

प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा रुपा गाउँपालिकाका ४ र पोखरा महानगरपालिकाका ३ जनामा आज कोरोना पोजेटिभ देखिएकोे हो ।

गण्डकीका कुल संक्रमितमध्ये ५६ सय २१ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया