पूरा नभएको केसीको धोको

समाधान संवाददाता २०७७ मंसिर २ गते ७:००

नीरज थापा

सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको बाटो खन्दा सूर्यबहादुर केसीका बाबु कृतिबहादुर केसी ठेकेदार थिए । उनकै अगुवाइमा फेदीखोलाको भालुपहाडलाई छिचोलेर बाटो ल्याइएको हो ।

आर्थिक अवस्था सामान्य भएको केसी परिवारलाई सिद्धार्थ राजमार्ग बनाउन पाएको ठेक्कापट्टा वरदान सावित भयो । त्यहाँ राम्रो आम्दानी गरेका कृतिबहादुर नाम र दाम दुबै कमाए । त्यसपछि उनी पोखराका नामी ठेकेदार बने ।

Advertisement

राष्ट्रवादी विद्यार्थी मण्डलमा हिँड्ने र सरसहयोग गरेका केसीको सुरुसुरुमा राजनीतिप्रति खासै चासो र रुचि थिएन । एकाएक समय परिस्थितिको कारण उनी पोखराको प्रधानपञ्च बने ।

त्यतिबेला सूर्यबहादुर १७/१८ वर्षका थिए । बाबुकोपछि लागेर हिँड्दा हिँड्दै केसी पढाइभन्दा व्यवसायतर्फ लागे । क्याम्पस पढ्दा पढ्दै छोडेर उनी बाबुको पेसा अँगाले ।

Advertisement

हुनेखाने बाबुको छोरा केसी सानोमा चञ्चले स्वभावका थिए । ट्रायल मोटरसाइकल कुँदाएर हिँड्थे । पोखराको मझेरीपाटनमा जन्मेका केसीको बाल्यकाल रामबजारमा बित्यो ।

उनी रामबजारमा बसेर ठेक्कापट्टादेखि काठमिल, कुटानी पिसानी चलाउनेसम्मको व्यवसाय गरेका थिए ।

राष्ट्रवादी विद्यार्थी मण्डलमा हिँड्ने र सरसहयोग गरेका केसीको सुरुसुरुमा राजनीतिप्रति खासै चासो र रुचि थिएन । एकाएक समय परिस्थितिको कारण उनी पोखराको प्रधानपञ्च बने ।

नगर पञ्चायतका तत्कालीन प्रधानपञ्च उत्तम पुनको कार्यशैलीबाट धेरै पोखरेली रुष्ट थिए । उनको विकल्प खोजिएको थियो । पुनविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मध्यावधि चुनाव हुने भयो ।

उत्तम पुनलाई ठक्कर दिने, ड्यासिङ र पुसिङ पावर भएको व्यक्ति केसी थिए । केसीका सहयात्री फणीन्द्रमान श्रेष्ठ, कृष्ण आचार्य, राधेश्याम कमारो, गणेश शेरचन लगायत राजनीतिक, सामाजिक, व्यापारिक क्षेत्रका व्यक्तिहरुले उनलाई जिताउने अभियानमा लागे ।

मैले पनि व्यक्तिगत रुपमा अभियानमा साथ दिएँ । त्यतिबेला पोखरेलीहरु जुरमुराए उठे । उत्तमलाई फाल केसीलाई हाल भनेर लागे । सारा पोखरेलीको साथ र समर्थनमा केसीलाई चुनाव जिताउन सहयोग पुग्यो ।

तत्कालीन राजा वीरेन्द्र पोखरा भ्रमण आउने क्रममा हवाई जहाजबाट हेर्दा पोखरा उजाड देखिएछ । उनले हरियाली नदेखेपछि प्रधानपञ्च केसीलाई भने । पछि सार्वजनिक खाली जग्गामा वृक्षरोपण गर्नेदेखि सडकको दायाँबायाँ रुख रोप्ने अभियान थालिएको थियो ।

तत्कालीन प्रधानपञ्च पुनको कार्यकालमा केसीको रामबजारको घर फाल्ने कुरा चलेको थियो । केसीको घर मापदण्ड विपरीत भएको दावी गर्दै नगर प्रहरी पटकपटक उनको घर भत्काउन आएका थिए ।

त्यस कारणले समेत केसीलाई पुनप्रति व्यक्तिगत इगो तथा रिसिबी भएको हुन सक्छ ।

केसी प्रधानपञ्च निर्वाचित हुँदा पर्यटन मजदुर संगठनको हिसाबले म नगर पञ्चायतको बोर्ड सदस्य थिएँ । म एकदम नजिक भएर काम गर्दा केसीलाई एकदम विकासप्रेमी व्यक्तिको रुपमा पाएँ ।

उनी क्वीक डिसिजन गर्न सक्थे । उनी पोखरा सभागृह निर्माण, महेन्द्रपुल पुननिर्माण, सडकको स्तरोन्नति, कला साहित्यको सम्मान गर्ने पोखराको पायोनियर व्यक्ति हुन् । समग्र पोखराको व्यवस्थित विकास निर्माणको सुरुवात गर्ने व्यक्ति हुन् केसी ।

तत्कालीन राजा वीरेन्द्र पोखरा भ्रमण आउने क्रममा हवाई जहाजबाट हेर्दा पोखरा उजाड देखिएछ । उनले हरियाली नदेखेपछि प्रधानपञ्च केसीलाई भने । पछि सार्वजनिक खाली जग्गामा वृक्षरोपण गर्नेदेखि सडकको दायाँबायाँ रुख रोप्ने अभियान थालिएको थियो ।

समग्रमा भन्नुपर्दा केसी पोखराको विकासको जग बसाउने महत्वपूर्ण व्यक्ति हुन् । केसी सबै क्षेत्रमा अब्बल, विकासप्रेमी अग्रज व्यक्ति थिए ।

राजनीतिक क्षेत्रमा नगरको प्रधानपञ्चदेखि संविधानसभाको सदस्य, प्रतिनिधिसभाको सदस्य बनेका केसीको एकपटक मन्त्री बन्ने धोको थियो ।

पछिल्लो समय केसीलाई स्वस्थ्यले साथ दिएन । केसीको असामयिक निधनले त्यो धोको पूरा भएन । प्रसिद्ध उद्योगपति, समाजसेवी केसीको निधनले पोखराले विकासप्रेमी योद्धा गुमाएको छ ।

सम्बन्धित सामग्री

हाम्रा बाको सपना

कालको पदमा परेर फर्केका सूर्य

अनि खुल्यो सार्कको पहिलो चाउचाउ उद्योग

बहुदलका पक्षमा पोखरा पञ्चायतको त्यो निर्णय

सज्जन थिए सूर्यबहादुर

सार्प माइन्डेड सूर्य

अवसरलाई फुत्कन नदिने सीताराम

अलबिदा बालसखा सूर्य

जहाजबाट ल्याएको मोटरसाइकल

जसले मलाई उद्यमी बन्न प्रेरित गरे

पञ्चायत र बहुदलका फ्युजन

जेलका कांग्रेस र कम्युनिस्टलाई च्यांग्रो पठाउने सीताराम

स्वप्नद्रष्टा सूर्यबहादुर

तपाईको प्रतिक्रिया