नेपाल र बंगलादेशबीच आज दोस्रो खेल हुँदै

समाधान संवाददाता २०७७ मंसिर २ गते १३:०६

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः ४५ बजे सुरु हुनेछ ।

Advertisement

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २– ० ले पराजित भएको थियो ।

Advertisement

नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ । यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।

यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ को ट्रफी घरमै राख्न चाहन्छ ।

तपाईको प्रतिक्रिया