हिउँमा रमाए मुस्ताङी

एसके थकाली, जोमसोम
कोभिडको कहर नभएको भए अहिले मुस्ताङमा पर्यटकको घुइँचो हुन्थ्यो । पर्यटक हिउँका डल्लाले एकअर्कालाई हिर्काउँदै रमाउँथे । दुर्भाग्य मुस्ताङमा यो वर्ष सोमबार पहिलोपटक हिमपात भयो । तर हिउँ खेल्न पर्यटक छैनन् ।
चिसोले स्थानीयको जनजीवन कस्टकर बनेको छ । घर बाहिर निस्कने अवस्था छैन । उपल्लो मुस्ताङमा बिजुली, इन्धन र दाउराको अभाव हुने भएकाले गाउँमा बस्न बाध्य स्थानीय पशुचौपाया आदीको गुइँठा बालेर जाडो थेगिरहेका छन् ।

हिमपातले उपल्लो मुस्ताङदेखि मध्य मुस्ताङका डाँडाकाँडा चाँदी झैं सेताम्मे बनेपछि स्थानीय युवा तथा जिल्लामा कार्यरत कर्मचारी निकै उत्साहित भएका छन् ।
यस वर्षको पहिलो हिमपातपछि मुस्ताङका स्थानीय युवा र कर्मचारी मंगलबार हिउँमा रमाउन घरपझोङ गाउँपालिका—५ ठिनी माथिको नमखुलेकसम्म पुगे ।
सोमबार मुस्ताङको उत्तरीक्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको थियो । त्यस्तै मध्ये मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको ठिनी लेकमा पनि हिमपात भएको छ ।
गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेपाल भिटोफ मुस्ताङका संयोजक निरज थकालीले यसवर्षको हिमपातले विगत वर्षजस्तो खासै उत्साही नबनाएको सुनाए ।
‘कोभिड—१९ र लामो लकडाउनका कारण मुस्ताङको पर्यटन शून्य छ,’ उनले भने, ‘महामारी नभएको भए हिउँ खेल्न पर्यटकको ओइरो लाग्थ्यो ।’ हिउँले पर्यटनमा योगदान नपुगे पनि किसानलाई खेतीबालीमा फाइदा पुगेको उनले बताए ।
विकल्प एग्रो फार्मका प्रोपाइटर बादल थकालीले जलवायु परिवर्तनका कारण केही वर्ष अघिदेखि हिउँ पर्ने सिजनअघि नै हिउँ पर्न थालेकाले किसानको आन्तरिक व्यवस्थापन नसकिएको अवस्थामा यसले खासै प्रभाव नपार्ने तर्क गरे ।
मुस्ताङमा हिपात परेपछि जिल्लाको स्थानीय पूर्वाधार विकासका कामहरु रोकिएका छन् । हिउँ पर्दा स्थानीय कृषकको खेतबारीमा जमिनलाई चिस्यान भर्ने र हिउँनै अर्गानिक मलको रुपमा बरदान सावित हुने भएकाले मुस्ताङका किसानमा खुसियाली छाएको छ ।
हिउँले मुस्ताङमा उत्पादन हुने स्याउ, उवा, फापर मकै, सिमी, बोडी, आलु, जौ र गहुँ तथा तरकारी आदीको उर्वरा शक्ति वृद्धि गर्नुको साथै अन्नबालीमा लाग्ने विभिन्न प्रकोपहरु नष्ट गर्ने बताइन्छ ।
गत वर्ष मुस्ताङमा कार्तिकको पहिलो हप्ता हिमपात भएको थियो भने यसवर्ष भने कार्तिकको अन्तिममा हिमपात भएको हो । हिउँदयाम सुरु भएसँगै यहाँको तापक्रम माइनसमा झरेकोमा हिमपात भएपछि यहाँको तापक्रम माइनस २० डिग्रीसम्म पुगेको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया