शरीर जोडिएका २ शिशु जन्मिए

समाधान संवाददाता २०७७ मंसिर २ गते २२:०७

बागलुङ

प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका २ शिशु जन्माएकी छन्।

पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा मंगलबार शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन्।

Advertisement

प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो।

पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै धौलागिरि अस्पताल बागलुङमा पठाएको थियो। “उहाँ सोमबार साँझ अस्पताल आउनुभएको हो”, अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले भने, “आज बिहान शिशु जन्मिएका हुन्।”

Advertisement

शल्यक्रियाका लागि जोखिमपूर्ण अवस्था रहेको भन्दै चिकित्सकहरुका बीचमा छलफल चलिरहेकै बेला उनले शिशु जन्माएकी गौतमको भनाइ छ।

“शरीर जोडिएको शिशु जन्मिए, अवस्था गम्भीर थियो”, “चिकित्सकलाई उल्लेख गर्दै गौतमले भनिन्, “गर्भ जाँच नगराएको जस्तो लाग्यो, जाँच गरेको भए असामान्य अवस्थामा शिशु रहेको थाहा हुन्थ्यो ।”

शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताइन्।

तपाईको प्रतिक्रिया