३ महिनामा १ खर्ब ७२ अर्ब ३६ करोड राजस्व उठ्यो

काठमाडौं
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल राजस्वमा ९.१ प्रतिशतले कमी आएको छ।
अर्थ मन्त्रालयका अनुसार तीन महिनामा १ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ राजस्व उठेको छ।
गत आवको पहिलो तीन महिनामा १ खर्ब ८९ अर्ब ६७ करोड संकलन भएको थियो।
लक्ष्यको तुलनामा यो ९८.७८ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब ९७ अर्ब ३४ करोड राजस्व असुल्ने लक्ष्य राखेको थियो।
सरकारले चालु आर्थिक वर्षको लागि राजस्व असुलीको लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राखेको छ।
कोरोना महामारीले उद्योगधन्दा कलकारखाना र व्यापार व्यवसाय राम्रोसँग चल्न नसक्दा पहिलो तीन महिनामा राजस्वमा कमी आएको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कुल राजस्वमा कर राजस्व १ खर्ब ६३ अर्ब ४३ करोड र गैरकर ५६.२४ प्रतिशत रहेको छ।
यस अवधिमा कुल राजस्व र अन्य प्राप्ति गरी कुल प्राप्ति भने १ खर्ब ९४ अर्ब ९३ करोड रुपैयाँ छ।
अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार तीन महिनामा आयकर, ब्याजकर र मुल्य अभिवृद्धि कर अन्तर्गतको उत्पादन, बिक्री तथा सेवा कर भने क्रमशः लक्ष्यको १०९.५९, १११.११ र १००.२३ प्रतिशत प्राप्ति भएको छ।
अर्थ मन्त्रालयले यो अवधिमा आयकर ३२ अर्ब १७ करोड, ब्याजकर ५ अर्ब ८० करोड र मुल्य अभिवृद्धि कर अन्तर्गतको उत्पादन बिक्री, सेवा कर २७ अर्ब ३० करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया