३ महिनामा १ खर्ब ७२ अर्ब ३६ करोड राजस्व उठ्यो

काठमाडौं
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल राजस्वमा ९.१ प्रतिशतले कमी आएको छ।
अर्थ मन्त्रालयका अनुसार तीन महिनामा १ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ राजस्व उठेको छ।
गत आवको पहिलो तीन महिनामा १ खर्ब ८९ अर्ब ६७ करोड संकलन भएको थियो।
लक्ष्यको तुलनामा यो ९८.७८ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब ९७ अर्ब ३४ करोड राजस्व असुल्ने लक्ष्य राखेको थियो।
सरकारले चालु आर्थिक वर्षको लागि राजस्व असुलीको लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राखेको छ।
कोरोना महामारीले उद्योगधन्दा कलकारखाना र व्यापार व्यवसाय राम्रोसँग चल्न नसक्दा पहिलो तीन महिनामा राजस्वमा कमी आएको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कुल राजस्वमा कर राजस्व १ खर्ब ६३ अर्ब ४३ करोड र गैरकर ५६.२४ प्रतिशत रहेको छ।
यस अवधिमा कुल राजस्व र अन्य प्राप्ति गरी कुल प्राप्ति भने १ खर्ब ९४ अर्ब ९३ करोड रुपैयाँ छ।
अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार तीन महिनामा आयकर, ब्याजकर र मुल्य अभिवृद्धि कर अन्तर्गतको उत्पादन, बिक्री तथा सेवा कर भने क्रमशः लक्ष्यको १०९.५९, १११.११ र १००.२३ प्रतिशत प्राप्ति भएको छ।
अर्थ मन्त्रालयले यो अवधिमा आयकर ३२ अर्ब १७ करोड, ब्याजकर ५ अर्ब ८० करोड र मुल्य अभिवृद्धि कर अन्तर्गतको उत्पादन बिक्री, सेवा कर २७ अर्ब ३० करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो।







मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया