झन्डै ८ हजार युवा चाडबाडकै बीच रोजगारीलाई विदेशीए

काठमाडौं
कोरोना महामारी तथा चाडबाडबीच पनि कात्तिक महिनामा मात्रै ७ हजार ७ सय ९७ युवाहरू विदेशिएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृतिमार्फत ७ हजार ७ सय ९७ युवा विदेशीएका हुन्।
उनीहरु अफगानिस्तान, बहराइन, बेल्जियम, क्यानडा, चीन, साइप्रस, कतार, मलेसिया, साउदी, युएई लगायत ५३ वटा मुलुकमा रोजगारीको खोजिमा पुगेका हुन्।
कात्तिक महिनामा विदेशीनेमा सबैभन्दा बढी ३ हजार ९० युवाहरु कतार पुगेका छन् । कतारपछि साउदीमा २ हजार ३ सय ६२ पुगेका छन्।
त्यस्तै युएईमा १ हजार १ सय ७४ युवाहरु पुगेका छन्। नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुक मलेसियाका लागि श्रम स्वीकृति लिनेको संख्या भने निकै कम छ।
कात्तिक महिनामा १०९ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । नयाँ श्रम स्वीकृति १ जनाले मात्रै लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।
कोरोनाका कारण मलेसियाले आगामी डिसेम्बरसम्म विदेशी कामदार नलिने घोषणा गरेका कारण नेपाली श्रमिकहरु नयाँ श्रम स्वीकृति लिएर मलेसिया जान पाएका छैनन्।
मलेसियाले विदेशी श्रमिकहरुका लागि बाटो खुल्ला गरेपछि मात्रे मागपत्र प्रमाणीकरणको काम हुने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताएका छन्।
सामान्य अवस्थामा दैनिक १ हजारभन्दा बढी नेपाली श्रमिकहरु रोजगारीको खोजिमा विदेशिने गरेका थिए।
कोरोना महामारीपछि कतिपय गन्तव्य मुलुकहरुमा रोजगारीको बाटो बन्द छ। जसकारण पनि उल्लेख्य संख्यामा नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा जान सकेका छैनन्।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया