सचिवालय बैठककै समयमा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
समाधान संवाददाता
२०७७ मंसिर ३ गते ९:५६

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले बालुवाटारमा दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक डाकेका हुन् ।
पछिल्लो समय नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच पार्टी सन्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो ।
प्रधानमन्त्री ओलीले ठिक १ बजे नै मन्त्रिपरिषद्को बैठक राखेका छन्। नेकपाको शुक्रबार बसेको सचिवालयको बैठकले आज दिउँसो १ बजे बैठक बस्ने तय गरेको थियो।
ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएको बुझिएको छ ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया