म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय १ हप्ताका लागि बन्द

रासस, म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ ।
गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका छन् ।
कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको पहिचान र परीक्षणका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए ।
कात्तिक २५ गते १५ जनाको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएकामा एक जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताए । होम आइसोलेसनमा रहेका कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ ।
सङ्क्रमण फैलिन नदिनका लागि सेवा बन्द गरेर कन्ट्याक्ट ट्रेसिङ गर्न लागिएको हो ।
अन्नपूर्ण गाउँपालिकामा पहिलोपटक समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । यसअघि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पालिकामा रहेका बैंक, सहकारी र वित्तीय संस्थाको सेवा बन्द गराएको थियो ।
यसअघि कोरोनाको जोखिमका कारण बन्द भएका बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकाको सेवा भने सञ्चालन भएको छ ।
हालसम्म १२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको म्याग्दीमा ३० सक्रिय सङ्क्रमित छन् । सबै सङ्क्रमित होम आइसोलेसनमा छन् । पछिल्लो समय म्याग्दीमा पनि लक्षणसहितका कोरोना सङ्क्रमित भेटिन थालेका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया