पोखराका २ संक्रमितको मृत्यु, प्रदेशमा मृतक संख्या १२६ पुग्यो

समाधान संवाददाता २०७७ मंसिर ३ गते ११:१०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना कास्कीका छन् ।

कास्की पोखरा १७ का ७८ वर्षीया कोरोना संक्रमित महिलाको २ मंसिरमा मनिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनीमा कात्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

Advertisement

यस्तै कात्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा ३ का ८३ वर्षीय पुरुषको २ मंसिरमै गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।

Advertisement

मृत्यु हुनेमा कास्कीका ६२, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका १०, गोरखाका र बागलुङका ८/८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

गण्डकीमा संक्रमित संख्या १० हजार ५ सय १२ छ । तीमध्ये ५६ सय २१ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया