स्याङ्जाका १ संक्रमितको पोखरामा मृत्यु

समाधान संवाददाता २०७७ मंसिर ३ गते १२:४३

समाधान संवाददाता, पोखरा

स्याङ्जाका १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पुतलीबजार १३ का ४६ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २७ पुगेको छ ।

तपाईको प्रतिक्रिया