१ बजे सचिवाय बैठक, २ बजे मन्त्रिपरिषद्

समाधान संवाददाता २०७७ मंसिर ३ गते १२:५७

समाधान संवाददाता

आन्तरिक विवादकाे चरम विन्दुमा पुगेकाे सत्तारुढ दल नेकपाकाे सचिवालय बैठक अनन्त आजै बस्ने भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा आेली सचिवालय बैठकमा बस्त सहमत भएका छन् र मन्त्रिपरिषद्काे बैठक १ घण्टा पछि सारेका छन् ।

Advertisement

यसअघि १ बजे सचिवालय बैठक आयाेजना गरिएकै समयमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेका थिए । बैठक जुधाएर प्रधानमन्त्री राष्ट्रपति भेट्न शितल पुगेपछि पार्टी विभाजन हुने अड्कल काटिएकाे थियाे ।

तर केही समय अघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत मन्त्री परिषद बैठक २ बजे सारिएकाे आैपचारिक रुपमा जानकारी गराएका छन् ।

Advertisement

उनले १ बजे सचिवालय बैठक भएकाे जानकारी दिएर साे बैठकमा प्रधानमन्त्री सहभागी हुने पुष्टी पनि गरेका छन् ।

अब साे बैठकमा अाेली र प्रचण्ड कसरी प्रस्तुत हुन्छन्, याे सबैकाे चासाेकाे विषय बनेकाे छ । सचिवालय बैठक सार्नु पर्ने अडान लिएका अाेली एक कदम पछि त हटेका छन् तर उनी पार्टी विवादका बारेमा बैठकमा छलफल गर्न तयार भएका हुन् वा हाेइनन् केही पुष्टि भएकाे छैन् ।

अाेली प्रचण्डले प्रस्तुत गरेकेा प्रतिवेदन फिर्ता हुनु पर्ने अडानमा छन् ।

तपाईको प्रतिक्रिया