चाडपर्वका बेला कास्कीमा ७३ मुद्दा दर्ता

समाधान संवाददाता २०७७ मंसिर ३ गते १२:५७

समाधान संवाददाता, पोखरा

असोज २६ मा पोखरा १७ का सन्तोष अर्यालले २ मोटरसाइकललाई पार्किङ गरी राखे ।

१/१ बुलेट बाइक र होन्डाका बाइक उनले पार्किङमा राखेपनि भोलिपल्ट बिहान अर्र्याल उठेर हेर्दा आफ्ना दुवै बाइक डढेको भेट्टाए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरीले छानबिन अगाडि बढायो ।

Advertisement

प्रहरीले उक्त ठाउँमा रहेको सिसिटिभी क्यामराको फुटेज हे¥यो ।

सिसिटिभी फुटेजका आधारमा २ बाइक जलाएको आरोपमा पोखरा १७ कै दिवस रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

रानाभाट आफ्नो स्कुटरमा गएर बाइक जलाएको देखिएकाले उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए ।

रानाभाटले प्रारम्भिक बयानमा पेट्रोल चोर्न खोज्दा आगलागी भएको बताएका छन् । ‘स्कुटरमा पेट्रोल सकिएपछि चोर्न गएको थिएँ, चुरोट खाइरहेकाले आगलागी भयो,’ रानाभाटको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रमुख श्रेष्ठले भने ।

चाडपर्वमा ७३ मुद्दा दर्ता

चाडपर्वका बेला कास्की प्रहरीमा ७३ मुद्दा दर्ता भएका छन् । सार्वजनिक हितविरुद्धको कसुरमा १४ मुद्दा दर्ता भएका छन् । लागु औषध मुद्दामा ५, जबरजस्ती करणीमा २, मानव बेचबिखनमा १, चोरीमा ९, ठगीमा ३, कर्तव्य ज्यानमा २, ज्यान मार्ने उद्योगमा २, बैंकिङ कसुरमा ७ र जुवामा ४ मुद्दा परेका छन् ।

४ वटा जुवा मुद्दामा २५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख २२ हजार ९ सय ४५ रुपैयाँ नगद बरामद गरिएको कास्की प्रहरी प्रमुख श्रेष्ठले बताए । जबरजस्ती करणी मुद्दामा २ जना पक्राउ परेका छन् । चोरी मुद्दामा १३ पुरुषलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागुऔषध मुद्दामा ६ जना पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ११ एम्पुल ब्रुफिनर्फिन, डाइजापाम र फेनेरागन बरामद गरिएको छ । नाइट्रोभ्याट १ सय ३६ चक्की र गाँजा १ सय १० ग्राम फेला पारिएको छ ।

ट्राफिक कारवाहीमा ९ सय जना

दसैं तिहारका बेला कास्कीमा ९ सय जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुुसार कात्तिकमा ९ सय व्यक्तिलाई कारबाही गरिएको हो ।

उनीहरुबाट ७ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए ।

असोजमा २ हजार ६ सय ५० जना व्यक्तिबाट ट्राफिक कारबाही स्वरुप १९ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व उठाइएको थियो ।

तपाईको प्रतिक्रिया