नेकपाकाे सचिवालय बैठक सुरु

समाधान संवाददाता २०७७ मंसिर ३ गते १३:२१

समाधान संवाददाता, काठमाण्डाैं ।

आन्तरिक विवादकाे चरम विन्दुमा पुगेकाे सत्तारुढ दल नेकपाकाे सचिवालय बैठक बालुवाटारमा सुरु भएकाे छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अाेली पनि सहभागी छन् ।

सचिवालय बैठक सार्न अडान लिएका प्रधानमन्त्री केपी शर्मा आेली बैठकमा बस्त सहमत भएका छन् र मन्त्रिपरिषद्काे बैठक १ घण्टा पछि सारेका छन् ।

Advertisement

यसअघि १ बजे सचिवालय बैठक आयाेजना गरिएकै समयमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेका थिए । बैठक जुधाएर प्रधानमन्त्री राष्ट्रपति भेट्न शितल पुगेपछि पार्टी विभाजन हुने अड्कल काटिएकाे थियाे ।

तर केही समय अघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत मन्त्री परिषद बैठक २ बजे सारिएकाे आैपचारिक रुपमा जानकारी गराएका थिए ।

Advertisement

उनले १ बजे सचिवालय बैठक भएकाे जानकारी दिएर साे बैठकमा प्रधानमन्त्री सहभागी हुने पुष्टी पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया