शुक्लागण्डकीका सागर मानहुँकोटमा मृत भेटिए
समाधान संवाददाता
२०७७ मंसिर ३ गते १४:२६
समाधान संवाददाता, पोखरा
तनहुँको व्यास ५ मानहुँकोटमा १ व्यक्ति मृत फेला परेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बनेको मानहुँकोटमा बुधबार १ पुरुष मृत फेला परेका हुन् ।
शुक्लागण्डकी ७ खैरेनीटारका ३५ वर्षीय सागर थापा मानहुँकोटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘हामीलाई ११ बजे जानकारी आएपछि अनुसन्धानमा गयौं, सागरको समूहले मानहुँकोटमा रात बिताएको बुझिएको छ,’ तिमिल्सिनाले भने ।
उनको बारेमा थप अनुुसन्धान भइरहेको तनहँु प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया