औषधिसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

समाधान संवाददाता २०७७ मंसिर ३ गते १६:१७
President Bidya Devi Bhandari signs to enact a bill at the Sheetal Niwas, on Thursday, February 25, 2016. Photo: President's Office

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

Advertisement

संसद अधिवेशन नभएका बेला नयाँ अध्यादेशमार्फत कानुन ल्याउने प्रचलन अनुसार कोरोना खोपको आयातका लागि यो कानुनी व्यवस्था गरिएको हो ।

केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया