गण्डकीमा बुधबार थपिए ५१ संक्रमित

समाधान संवाददाता २०७७ मंसिर ३ गते १८:०७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बुधबार ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ५ जिल्लामा ५१ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

थपिनेमध्ये कास्कीका ३१ संक्रमित छन् । स्याङ्जामा ९, तनहुँमा ५, गोरखा र म्याग्दीमा ३/३ संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ५ सय ४८ पुगेको छ । तीमध्ये ५ हजार ६ सय २१ जना निको भएका छन् भने १ सय २७ को मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया