वार्षिकोत्सवमा दरबार सरसफाइ

समाधान संवाददाता २०७७ मंसिर ४ गते ७:२७

समाधान संवाददाता, पोखरा

हाम्रो कास्कीकोट युवा सञ्जालले विविध कार्यक्रमगरी चौथोवार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा सञ्जालले कास्कीकोटमा रहेका पुरातात्विक सम्पदाहरु कास्कीकोट दरबार, गुप्तकालिका मन्दिर, गजल थुम्की, रुमाल झाक्री, कश्यपधाम, कश्यपताल, कुलमण्डनपार्क लगायत क्षेत्रहरुको सरसफाइ गरेको छ ।

Advertisement

कोरोना कहरको कारण रगतको अभाव भएको बेलामा कास्कीकोटमै पहिलोचोटी रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा २० युनिट रगत संकलन भएको छ । कार्यक्रममा डा असीम सुवेदीले कोरोना भाइरसले पारेको प्रभाव र जोगिन अपनाउनु पर्ने रणनीतिबारे प्रकास पारेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर २४का अध्यक्ष ओमप्रसाद सुवेदीले निस्वार्थ भावनाका साथ सञ्जालले सामाजिक काम गरेको बताए ।

Advertisement

कार्यक्रममा स्थापनाकालदेखिनै संस्थालाई निरन्तर सहयोग गर्ने वडा नम्बर २४का वडाध्यक्ष ओमप्रसाद सुवेदी, संस्थाका संस्थापकहरु बालाहरि शर्मासुवेदी र रेशम गिरी, सामाजिक व्यक्तित्वहरु, रमेश कार्की,रामचन्द्र सुवेदी, प्रदीपकुमार श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरियो ।

मधुमेह दिवसको सन्दर्भमा कास्कीकोटका चिकित्सकहरुको समुहका संयोजक डा दीपक मल्लको प्राविधिक सहयोगमा सहभागी सबैको निशुल्क मधुमेहको परीक्षण गरिएको थियो ।

संस्थाका संयोजक हेम सुवेदी, सञ्जालका सहसंयोजक रुद्रबहादुर कार्की ‘राजु’, संस्थाका व्यवस्थापन संयोजक शालिकराम गिरी ‘शीतल’, प्राविधिक संयोजक रुद्रप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया