पोखरा महानगरकी उपप्रमुख गुरुङमा कोरोना संक्रमण

समाधान संवाददाता २०७७ मंसिर ४ गते १०:१५

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुमा कोरोना संक्रमण पुष्टि भएको जनाएकी छन् ।

Advertisement

तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परिक्षणका लागि स्वाब दिएकी थिइन् ।

अहिले उपप्रमुख गुरुङ आफ्नै घरमा आइसोलेटेड भएर बसेकी छन् । ‘छिट्टै कोरोना निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोनासँग लडिरहेकी छु,’ गुरुङले लेखेकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया