गण्डकीमा ३ संक्रमितको मृत्यु, कास्कीका २ जना

समाधान संवाददाता २०७७ मंसिर ४ गते १३:२६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना कास्कीका छन् ।

मृत्यु हुने १ संक्रमित लमजुङका छन् ।

Advertisement

कास्की पोखरा १७ की ७५ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान पौने ४ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको छ । कात्तिक २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनमा निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

पोखरा ९ की ८३ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान साढे ७ बजे फिस्टेल अस्पतालमा निधन भएको छ । कात्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनमा निमोनिया, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या थियो ।

Advertisement

लमजुङ बेशीसहर ५ का ७१ वर्षीय पुरुष कोरोना संक्रमितको बुधबार बेलुका पौने ७ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

उनमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र हेपटाइटिसको समस्या रहेको जनाइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ ।

तपाईको प्रतिक्रिया