कास्कीका ६० वर्षीय संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर ४ गते १६:०७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशले कास्कीका १ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

मृत्यु हुनेमा कास्की पोखरा २८ का ६० वर्षीया पुरुष कोरोना संक्रमित छन् ।

उनकोे आज दिउँसो पौने १ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मंसिर ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप र मृगौलाको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ । यसअघि आज नै कास्कीका २ र लमजुङका १ गरी ३ कोरोना संक्रमितको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया