पोखरा महानगरमा अत्यावश्यक बाहेकका सेवा १ हप्ता बन्द, शुक्रबार सार्वजनिक बिदा

समाधान संवाददाता, पाेखरा
पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु एक हप्ताका लागि बन्द गरिएका छन् ।
विहीबार बसेको कार्यपालिका बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । महानगर पालिकाका अधिकांश शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले बोर्ड बैठकले अत्यावश्यक बाहेका अन्य सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।
बरालका अनुसार शुक्रबार छठ पर्व परेकाले सार्बजनिक विदा नै दिइएको छ । आइतबारबाट सिमित कर्मचारी कर्मचारीमात्र कार्यालयमा उपस्थित भएर अत्यावश्यक सेवा प्रवाह गर्नेछन् ।
अधिकांश शाखा र महाशाखाका कर्मचारी कोरोना संक्रमित वा संक्रमितको ट्रेसिङमा परेका कारण विदामा भएको जानकारी दिदै बरालले सेवाग्राहीको सुरक्षालाई पनि ध्यान राखेर बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।
महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बोर्ड बैठक बसेको हो । कोरोना संक्रमित भएका कारण उपप्रमुख मन्जुदेवी गुरुङले बैठकमा सहभागी भएकी थिइनन् ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया