कास्कीमा ४ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर ५ गते १३:१८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका अनुसार मृतक सबै कास्कीका छन् ।

मृत्यु हुनेमा कास्की पोखरा ९ का ६८ वर्षीया पुरुष कोरोना संक्रमित छन् । उनकोे बिहिबार बेलुका ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मंसिर ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र मधुमेहको समस्या थियो ।

Advertisement

कास्की पोखरा २१ का ७५ वर्षीय कोरोना संक्रमित बिहिबार बेलुका ११ः २० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मृतकमा कोरोनासँगै निमोनियाको समस्या थियो ।

पोखरा १७ का २९ वर्षीय कोरोना संक्रमितको आज बिहान साढे १२ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । कात्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या थियो ।

Advertisement

पोखरा १३ का ५५ वर्षीय कोरोना संक्रमित महिलाको आज बिहान साढे सवा ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनमा निमोनिया, मधुमेह र मृगौलाको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया