गण्डकी मेडिकल कलेजमा उपचाररत ३ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर ५ गते १३:३८
Gandaki Medical College. Photo: GMC

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका कास्कीका २ र तनहुँका १ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्की पोखरा २७ का ७१ वर्षीय पुरुष कोरोना संक्रमित छन् । उनकोे बिहिबार राति साढे १ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो । कात्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

Advertisement

कास्की पोखरा ८ का ५४ वर्षीय कोरोना संक्रमित आज बिहान ४ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो । कात्तिक २३ गते कोरोना संक्रमण पुष्ति भएका उनमा कोरोनासँगै निमोनिया, उच्च रक्तचाप र मृगौलाको समस्या थियो ।

तनहुँ म्याग्दे ४ का ५१ वर्षीय कोरोना संक्रमितको आज बिहान साढे ९ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो । मृतकमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ ।

तपाईको प्रतिक्रिया