तनहुँका १ संक्रमितको पोखरामा मृत्यु
समाधान संवाददाता
२०७७ मंसिर ५ गते १७:०१

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका अनुसार मृतक तनहुँका छन् ।
तनहुँ भिमाद ५ का ६६ वर्षीय कोरोना संक्रमितको आज दिउँसो साढे २ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप तथा मृगौलाको समस्या थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३९ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया