मुक्तिनाथ विकास बैंकलाई १ लाख युरोको अवार्ड

समाधान संवाददाता
मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को विजेता भएको छ । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ ।
मुक्तिनाथले साना तथा लघु बैंकिङ कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरिरहेको समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनका कारण उक्त पुरस्कार प्रदान गरिएको हो ।
अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को प्रथम पुरस्कारबाट मुक्तिनाथलाई प्रदान गर्ने घोषणा गरेको हो ।
‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ का लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताका लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र इथोपियाको १÷१ ओटा लघुवित्त संस्थाहरु छनोट भएका थिए । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखामध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङ अन्तर्गत १ लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिइरहका छन् । यो क्षेत्रमा १७ अर्बभन्दा बढी लगानीमा रहिरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जनाए ।
मुक्तिनाथ विकास बैंकले खुद नाफामा राम्रो वृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममात्रै २९ करोड रुपैयाँ भन्दा बढी कमाएको छ । बैंकको खुद नाफा पनि २८.५८ प्रतिशतले बढेर २९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २२ करोड ८७ लाख ६४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यसअवधिमा बैंकको वितरण योग्य नाफा ३३.११ प्रतिशतले बढेर १५ करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि अत्यन्तै कम देखिएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया