गण्डकीमा आज ८ संक्रमितको मृत्यु, ६ जना पोखराका

समाधान संवाददाता २०७७ मंसिर ५ गते २१:२९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा शुक्रबार एकैदिन ८ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ६ र तनहुँका २ संक्रमित छन् । मृत्यु हुनेमा कास्की पोखरा ९ का ६८ वर्षीया पुरुष कोरोना संक्रमित छन् ।

उनकोे बिहीबार बेलुका ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मंसिर ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र मधुमेहको समस्या थियो ।

Advertisement

कास्की पोखरा २१ का ७५ वर्षीय कोरोना संक्रमित बिहिबार बेलुका ११ः २० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मृतकमा कोरोनासँगै निमोनियाको समस्या थियो ।

पोखरा १७ का २९ वर्षीय कोरोना संक्रमितको शुक्रबार बिहान साढे १२ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । कात्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या थियो ।

Advertisement

पोखरा १३ का ५५ वर्षीय कोरोना संक्रमित महिलाको शुक्रबार बिहान साढे सवा ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनमा निमोनिया, मधुमेह र मृगौलाको समस्या थियो ।

कास्की पोखरा २७ का ७१ वर्षीय पुरुष कोरोना संक्रमित छन् । उनकोे बिहीबार राति साढे १ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो । कात्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

कास्की पोखरा ८ का ५४ वर्षीय कोरोना संक्रमित शुक्रबार बिहान ४ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो । कात्तिक २३ गते कोरोना संक्रमण पुष्ति भएका उनमा कोरोनासँगै निमोनिया, उच्च रक्तचाप र मृगौलाको समस्या थियो ।

तनहुँ म्याग्दे ४ का ५१ वर्षीय कोरोना संक्रमितको शुक्रबार बिहान साढे ९ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो । मृतकमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँ भिमाद ५ का ६६ वर्षीय कोरोना संक्रमितको शुक्रबार दिउँसो साढे २ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप तथा मृगौलाको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३९ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ७१, नवलपुरका १९, तनहुँका १७, स्याङ्जाका ११, गोरखाका र बागलुङका ८/८, म्याग्दी र लमजुङका २ र पर्वतका १ जना छन् ।

तपाईको प्रतिक्रिया