गण्डकीमा १३९ संक्रमित थपिए, कास्कीका १ सय जना
समाधान संवाददाता
२०७७ मंसिर ५ गते २१:३५

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा शुक्रबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा १ सय ३९ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका १ सय संक्रमित छन् । तनहुँमा १३ जना संक्रमित थपिँदा लमजुङमा ८, नवलपरासीमा ६, स्याङ्जा, गोरखा र पर्वतमा ४÷४ संक्रमित थपिएका छन् ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ८ सय २७ पुगेको छ । तीमध्ये ५ हजार ६ सय ७४ जना निको भएका छन् भने १ सय ३९ को मृत्यु भएको छ ।
शुक्रबारमात्रै कास्कीका ६ र तनहुुँका २ गरेर ८ संक्रमितको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ७१, नवलपुरका १९, तनहुँका १७, स्याङ्जाका ११, गोरखाका र बागलुङका ८/८, म्याग्दी र लमजुङका २ र पर्वतका १ जना छन् ।
सम्बन्धित








एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
भिजिट भिसा प्रकरणमा मुछिएपछि म्याग्दीका सिडिओ तिवारी मन्त्रालय तानिए
सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया