विपन्न विद्यार्थीलाई ट्याब्लेट

समाधान संवाददाता, पोखरा
एसओएस हर्मनमाइनर विद्यालय गण्डकीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अनलाइन कक्षामा पहँुच पु¥याउने उद्देश्यले ट्याब्लेट वितरण गरेको छ ।
एसओएस बालग्राम नेपालको सहयोगमा छात्रवृत्तिमा अध्ययनरत २५ विद्यार्थीलाई ट्याब्लेट प्रदान गरेको एसओएस बालग्राम गण्डकीका निर्देशक भगतकुमार श्रेष्ठले जानकारी दिए ।
एसओएस बालग्राम नेपालका सहायक राष्ट्रिय निर्देशक डा गंगाबहादुर गुरुङले कोरोना अनलाइन शिक्षाका लागि आवश्यक पूर्वाधार र प्रविधिको पहँुच नपुग्दा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कठिन भएको बताए ।
‘एसओएस विद्यालय र एसओएस बालग्रामको प्रमुख प्राथमिकता अभिभावक गुमाएका एवं कठिन परिस्थितिका बालबालिकाको अभिभावकत्व ग्रहणगरी शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिने हो,’ उनले भने, ‘विद्यालयको शैक्षिक स्तरोन्नति र अनलाइन शिक्षाको प्रभावकारिताका लागि विपन्न विद्यार्थीलाई ट्याब्लेट वितरण गरेका हौं ।’
उनले कोरोना कहरको कारण धेरै चुनौतीहरुको सामना गर्नुपरेको भएतापनि अनलाइन शिक्षाको अभ्यासमा जान अवसर मिलेको बताए । उनले कोरोना भाइरसको संकट नआएको भए अझै २० वर्ष अनलाइन शिक्षामा प्रवेश नगरिने दाबी गरे ।
एसओएस बालग्राम गण्डकीका निर्देशकश्रेष्ठले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी र अभिभावक गुमाउनुपरेको कारणले पढ्न नपाएका विद्यार्थीको शिक्षादीक्षाका लागि संस्था सक्रियतापूर्वक लागेको बताए ।
एसओएस गण्डकीका प्रध्यानाध्यापक राजेन्द्रकुमार श्रेष्ठले अनलाइन शिक्षाबाट लक्षित समूहका विद्यार्थी नै वञ्चित हुनुपरेको अवस्थामा स्रोत र साधन प्रदान गरेकोमा एसओएस बालग्राम नेपालप्रति आभार प्रकट गरे ।
गण्डकीका ग्रुपपरियोजना प्रमुख प्रदीपभक्त आचार्य, सहायक प्रध्यानाध्यापकहरु किरण सापकोटा र चूडामणि सुवेदीले ससारकै मानवतावादी सस्था एसओएसले अभिभावकको माया, सद्भाव नपाएका बालबालिकाका लागि सुन्दर पारिवारिक वातावरण दिएको बताए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया