शनिबार २ को मृत्यु, १०९ मा संक्रमण

समाधान संवाददाता २०७७ मंसिर ६ गते १९:१७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका कास्की र पर्वतका १÷१ संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्की पोखरा १३ का ७९ वर्षीया पुरुष कोरोना संक्रमित छन् ।

Advertisement

उनकोे शुक्रबार राति साढे ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । कात्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया, थाइराइड र मुटुको समस्या थियो ।

पर्वत मोदी ६ का ६१ वर्षीय कोरोना संक्रमितको शनिबार बिहान १० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मृतकमा कोरोनासँगै निमोनिया र उच्च रक्तचापको समस्या थियो । उनमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

गण्डकी प्रदेशमा शनिबार १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ८ जिल्लामा १ सय ९ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका ५६ जना छन् । तनहुँमा २४ जना संक्रमित थपिँदा नवलपुरमा १२, लमजुङमा ५ स्याङ्जा, बागलुङमा ४÷४ तथा पर्वत र म्याग्दीमा २÷२ थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ९ सय ३६ पुगेको छ । तीमध्ये ६ हजार २ सय १४ जना निको भएका छन् भने १ सय ४१ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया