विज्ञप्ति निकालेरमात्रै हुँदैन, मोनिटरिङ पनि राम्रो गर्नुपर्छ

समाधान संवाददाता २०७७ मंसिर ७ गते ८:१३

अध्यक्ष, एसोसियन अफ प्राइभेट हेल्थ इन्सिट्च्यिुसन (अफिन) गण्डकी

प्रदेश चैतदेखि नै मिटिङ त बसेको बस्यै छ । तर तयारी भने पुगेको छैन । तयारी नभई छलफलले मात्र व्यवस्थापन हुँदैन । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पपुलारिटीका लागि मात्र दौडिएको छ ।

विज्ञप्ति जारी गरेर मात्र हुँदैन, मोनिटरिङ पनि राम्रो गर्न सक्नुपर्छ । प्रदेशको अवस्था हेर्छु भनेरमात्र हुँदैन । विज्ञप्तिमा दिनहुँ यो अस्पतालमा यति आइसियु, भेन्टिलेटर खाली छन् भनेको देख्छु । तर ती सबै निजी अस्पतालले आफ्ना सबै आइसियु र भेन्टिलेटर कोभिडका बिरामीका लागि मात्र प्रयोग गर्ने भन्ने हुँदैन ।

Advertisement

कोरोना डेडिकेटेड अस्पताल तोकिएका यहाँका सरकारी अस्पतालले त अरु बिरामीलाई राखेका छन् भने हामी किन नराख्ने ? हाम्रो त आयको स्रोत मार्नु त भएन नि ! अहिले हाम्रो अस्पतालमा कोभिड बिरामी राखेका छौं भन्ने सुनेर ४० प्रतिशतमात्र बिरामी हुनुहुन्छ । अरु अस्पतालले कोभिड बिरामी नराखेर पैसा कमाएकै छन् ।

प्रदेशले बिरामी राख, पैसा तिर्छौं भनेको छ, तर त्यो पैसा तिर्छ भन्ने ग्यारेन्टी के ? धनमायाजीको घटनामा मनिपालले सवा लाख धरौटी मागेको रहेछ । त्यो एक हिसाबले उचित छ ।

Advertisement

किनभने एउटा बिरामीलाई सामान्यता १० दिन राखिन्छ, तर मृत्यु भएको खण्डमा पैसा तिर्छन् भन्ने ग्यारेन्टी हुँदैन । हामीले हाम्रो अस्पतालमा दिनको १० हजार दिएर डाक्टर राखेका छौं, तर जनताले पैसा तिर्न सकेनौं भन्नुहुन्छ । हाम्रो खर्च चाहिँ कसले उठाइदिने ?

प्रदेश, केन्द्रले बेड उपलब्ध गरा, उपचार गर भन्छ । तर हामीले सरकारबाट के पाएका छौं ? सरकारले केही नदिएपछि हामीले लिने त बिरामीबाट हो नि । हामी निजी अस्पताल मारमा परेका छौं ।

अहिले अस्पतालहरुमा हाइफ्लो अक्सिजन मिटरको अभावमा संक्रमितहरुको मृत्यु बढ्दो छ । हामी जुनजुन अस्पतालले कोरोनाका बिरामी राखेका छौं, त्यहाँ ती मिटर सापटी दिन आग्रह गरेका थियौं । तर त्यसको सुनुवाइ भने अझै भएन । कुरा ठिक हो भन्छन्, व्यवहारमा उतार्दैनन् ।

समाधानसँगको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया