लेखनाथमा कर शिक्षा

समाधान संवाददाता,पोखरा
कर दिवसका अवसरमा शनिबार लेखनाथ उद्योग संघका व्यवसायीका लागि कर शिक्षा कार्यक्रम सहित अन्तक्र्रिया भएको छ ।
आन्तरिक राजस्व कार्यालय पोखराको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको व्यवस्थापनमा भएको कार्यक्रममा कर दर्ता तथा खारेजीको प्रक्रिया तथा कर तिर्ने तरिका र कर प्रणालीका बारेमा जानकारी गराइएको छ ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले समयमा नै कर तिरी अनुशासित करदाताको रुपमा आफूलाई उभ्याएर राष्ट्र निर्माणको अभियानमा सहयोग गर्न अनुरोध गरे ।
उनले करदाताले समयमा नै आफूले तिर्नु पर्ने करको विवरण पेस गरेमा कार्यालयको तर्फबाट विभिन्न समयमा छुट र सहजीकरणको व्यवस्था मिलाएको बताए ।
चुस्त र दुरुस्त हिसाब राख्न नजान्दा पनि कतिपय करदाताले भोग्नु परेका समस्याप्रति आन्तरिक राजस्व कार्यालय सहयोग गर्न तयार हरेको उनको भनाइ थियो ।
कार्यक्रममा कर अधिकृत कर्मसिह लामाले कर शिक्षा अभियानका बारेमा जानकारी गराए । कर अधिकृत गोपाल गिरीले प्रविधिमैत्री कर प्रणालीको उपयोग गरी समयमा नै कर तिर्ने बानीको सोच आउनु पर्ने बताए ।
संघको राजस्व परामर्श उ समिति संयोजक रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष चतुराखर अधिकारी, लक्ष्मीप्रसाद त्रिपाठी, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले कर दाखिला गर्दा व्यवासयीहरुले भोग्नु परेका समस्याहरुका बारेमा चर्चा गरे ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया