वृद्धाश्रममा सहयोग

समाधान संवाददाता २०७७ मंसिर ७ गते १२:०५

समाधान संवाददाता, पोखरा

वैवाहिक जीवनको २५ वसन्त पार गरेको उपलक्ष्यमा १ जोडीले पोखरा महानगरपालिका १७ सीतापाइलास्थित वृद्धाश्रममा खाद्यान्न एवं नगद सहयोग गरेको छ ।

हिमालयन आँखा अस्पतालका प्राविधिक अधिकृत छवबहादुर बस्नेत र मनिपाल शिक्षण अस्पतालमा कार्यरत उनकी पत्नी देवी बस्नेतले पोखरा वृद्धाश्रमलाई खाद्यान्न ताथ नगद सहयोग गरेका हुन् ।

Advertisement

बस्नेत दम्पत्तीले १० हजार मूल्य बराबरका खाद्यान्न तथा नगद शनिबार वृद्धाश्रमका पुगेर अध्यक्ष कुसुमकेशव पराजुलीलाई हस्तान्तरण गरे ।

सहयोग सामग्री बुझ्दै अध्यक्ष पराजुलीले मानवीय सहयोगका भरमा आश्रम सञ्चालन हुँदै आएको बताए ।

Advertisement

आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा गर्दै उनले समाजका असहाय एवं विपन्न वर्गका वृद्धवृद्धा र सेवकसेविका गरी आश्रममा हाल ५५ जना रहेको जानकारी दिए ।

प्रत्येक वर्ष दुवैजनाको एक महिनाको आम्दानी सामाजिक सेवामा समर्पित गर्दै आएको र आफ्ना सन्ततिलाई पनि सेवा भावनामा लाग्न प्रेरित गर्ने विश्वास बस्नेत जोडीको छ ।

तपाईको प्रतिक्रिया