जनताको आशा मर्न दिँदैनौंः मन्त्री अर्याल

समाधान संवाददाता, स्याङ्जा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले चुनावी प्रतिवद्धता विस्तारै पूरा गर्दै गइरहेको बताएकी छन् ।
शनिबार स्याङ्जाको कालीगण्डकी गाउँपालिका २ मा सिर्जनशील बहुउद्देश्यीय क्लबको भवन शिलन्यास गर्दै उनले चुनावका बेला गरेका वाचा अहिले क्रमश पूरा गर्दै गएको बताएकी हुन् ।
केहीको उपलब्धि आइसकेको र केही आयोजना निर्माणाधीन रहेको भन्दै उनले जनताहरुको आड भरोसाले आँफू अहिले मन्त्री पदमा रहेको र जनतालाई निरास बनाउने काम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
जनमुखी कामको अभियानमा सरकार रहेको भन्दै मन्त्री अर्यालले जनताको आशालाई कहिल्यै निराशा बन्न नदिने बताइन् ।
युवालाई स्वोरोजगार बनाउन सिपयुक्त बनाउनु अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री अर्यालले विदेश पलायनबाट रोक्न हातमा सीप चाहिने बताइन् ।
कालीगण्डकीमा समेत विकासको गति अगाडि बढेको भन्दै उनले सडक चौडादेखि ग्राभेल गर्ने काम समेत आफ्नै पहलमा भएको बताइन् ।
मिर्मीदेखि रुद्रबेनीसम्मको सडक कालेपत्रे गरेर पर्यटकीय मार्ग बनाउने मन्त्री अर्यालको भनाइ थियो ।
स्याङ्जामा पर्यटकीय सम्भावनाहरुको लागि आवश्यक विकासको पूर्वाधारमध्ये पहिलो सडक भएको बताउँदै अर्यालले पर्यटकीय सडकहरु निर्माण गर्ने, अन्य भौतिक संचरना निर्माण गरेर पर्यटकलाई आर्कषण गर्ने जनाइन् ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया