तनहुँमा ७२ जुवाडे पक्राउ

तनहुँ, रासस
तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।
यसरी पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी रहेको उनले बताए ।
जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद र रु ३० हजारसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को १३२ नंमा उल्लेख गरेको छ ।
प्रहरीले बरामद गरेका बिगो जफत गर्ने कानूनी व्यवस्था छ । उनले भने, “जुवातास खेल्ने खेलाउनेलाई अहिले तारेखमा छाडिएको अवस्था छ ।”
प्रहरीले जुवातास खेल्ने सूक्ष्मरूपमा अनुसन्धान गर्दै सुराकीको आधारमा जुवाडेलाई धमाधम पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा कदम चालेको छ ।
स–साना जुवाडेलाई पक्राउ गरिए पनि ठूला जुवाडेलाई पक्राउ गर्न नसकिएकाले अबको निसाना प्रहरीको त्यसतर्फ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
फाइल तस्बिर









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया