मुस्ताङमा ग्लोबल आइएमईको शाखा

समाधान संवाददाता
जोमसोम
हिमाली जिल्ला मुस्ताङको जोमसोममा ग्लोबल आइएमई बैंकको शाखा खुलेको छ । बैंकको यो २ सय ६४ औं शाखा हो ।
मुस्ताङमा आइतबार शाखा विस्तार गरेसँगै ग्लोबल आइएमई बैंकले ७३ जिल्ला सञ्जाल पुर्याएको छ । कोरोना महामारीका कारण मुस्ताङको वित्तीय अवस्थामा मन्दी आएका बेला पनि बैंकले जोमसोमका शाखा खोलेको छ ।
बैंकमा कार्यरत कर्मचारीले सामान्य पूजापाठ गरी आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर बैंकको औपचारिक उद्घाटन गरिएको हो ।
शाखा प्रबन्धक भोला पौडेलले हरेक वर्ग समुदाय र क्षेत्रमा बैंकिङ पहुच पुर्याउने उद्देश्यले मुस्ताङमा शाखा विस्तार गरेको बताए ।
शाखा प्रबन्धक पौडेलले ग्राहकहरुको निक्षेप उच्चतम प्रतिफलमा स्वीकार गरी विभिन्न क्षेत्रमा सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्ने उल्लेख गरे ।
उनले मुस्ताङको आर्थिक विकासका गतिविधि बढाउन र बैंकिङ सेवाको लागि यस शाखाले महत्वपूर्ण योगदान दिने बताए ।
हालसम्म ग्लोबल आइएमईले ४५ वटा राजस्व काउन्टर, २ सय ३८ वटा एटिएम र २ सय ३९ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले नेपाल बाहिर बेलायत, अस्ट्रेलिया र भारत गरी ३ वटा देशमा सम्पर्क कार्यालय मार्फत् सेवा दिँदै आएको छ । बैंकले १५ लाखसम्मको बिना धितो विपन्न कर्जा प्रदान गर्दै आएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया