मुस्ताङमा ग्लोबल आइएमईको शाखा

समाधान संवाददाता
जोमसोम
हिमाली जिल्ला मुस्ताङको जोमसोममा ग्लोबल आइएमई बैंकको शाखा खुलेको छ । बैंकको यो २ सय ६४ औं शाखा हो ।
मुस्ताङमा आइतबार शाखा विस्तार गरेसँगै ग्लोबल आइएमई बैंकले ७३ जिल्ला सञ्जाल पुर्याएको छ । कोरोना महामारीका कारण मुस्ताङको वित्तीय अवस्थामा मन्दी आएका बेला पनि बैंकले जोमसोमका शाखा खोलेको छ ।
बैंकमा कार्यरत कर्मचारीले सामान्य पूजापाठ गरी आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर बैंकको औपचारिक उद्घाटन गरिएको हो ।
शाखा प्रबन्धक भोला पौडेलले हरेक वर्ग समुदाय र क्षेत्रमा बैंकिङ पहुच पुर्याउने उद्देश्यले मुस्ताङमा शाखा विस्तार गरेको बताए ।
शाखा प्रबन्धक पौडेलले ग्राहकहरुको निक्षेप उच्चतम प्रतिफलमा स्वीकार गरी विभिन्न क्षेत्रमा सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्ने उल्लेख गरे ।
उनले मुस्ताङको आर्थिक विकासका गतिविधि बढाउन र बैंकिङ सेवाको लागि यस शाखाले महत्वपूर्ण योगदान दिने बताए ।
हालसम्म ग्लोबल आइएमईले ४५ वटा राजस्व काउन्टर, २ सय ३८ वटा एटिएम र २ सय ३९ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले नेपाल बाहिर बेलायत, अस्ट्रेलिया र भारत गरी ३ वटा देशमा सम्पर्क कार्यालय मार्फत् सेवा दिँदै आएको छ । बैंकले १५ लाखसम्मको बिना धितो विपन्न कर्जा प्रदान गर्दै आएको छ ।








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया