कर सप्ताहमा अमित बिल्डर्स सम्मानित
एसके थकाली, जोमसोम
नवौ राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आईतबार आन्तरिक राजश्व कार्यालय बाग्लुङले मुस्ताङमा पूर्वाधार विकास निर्माणको काम गर्दै आईरहेको अमित बिल्डर्सलाई आर्थिक वर्ष २०७६÷०७७ को सर्वोउत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।
आन्तरिक राजश्व कार्यालय बाग्लुङले बर्सेनि धौलागिरि अञ्चलको पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा सबैभन्दा बढी आयकर तिर्ने व्यवसायी तथा कम्पनीलाई सम्मान गर्ने क्रममा मुस्ताङबाट अमित बिल्डर्सका प्रोपाईटर प्रेमप्रसाद तुलाचन सम्मानित भएको आन्तरिक राजश्व कार्यालयका नायब सुब्बा शालिग्राम सापकोटाले जानकारी दिए ।
आन्तरिक राजश्वको सम्मान कार्यक्रममा अमित बिल्डर्स उपस्थित हुन सकेनन् ।
कोभिड—१९ को संक्रमण जोखिम तथा कार्य व्यस्तता कारण आफु सम्मान कार्यक्रममा पुग्न नसकेको संघीय सांसद तुलाचनले जानकारी दिए ।
सम्मान कार्यक्रममा सांसद तुलाचनले अमित बिल्डर्सका ईन्जिनीयर नरेश पुनलाई पठाएको जनाईएको छ ।
आन्तरिक राजश्व कार्यालय बाग्लुङबाट गतवर्ष पनि मुस्ताङबाट अमिट बिल्डर्स उत्कृष्ट करदाता घोषित भएको थियो ।
यससंगै आन्तरिक राजश्व कार्यालयबाट लगातार अमित बिल्डर्स सर्वोउत्कृष्ट करदाताको रुपमा घोषित हुदै आईरहेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।
‘स्वच्छ,पारदर्शी र प्रविधिमैत्री कर प्रशासन ःविकास समृद्धि र सुशासन’ मुल नाराका साथ आयोजित सम्मान कार्यक्रममा विभिन्न व्यक्तिहरु उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया