ठिनी सामुदायिक होमस्टे सुनसान

समाधान संवाददाता २०७७ मंसिर ८ गते ११:११

एसके थकाली, जोमसोम

मुस्ताङको ठिनीमा सञ्चालित होमस्टे बिगत ८ महिनादेखि सुनसान छ ।

कोरोना भाइरस (कोभिड—१९) को प्रकोप तथा लामो समयको लकडाउनका कारण यहाँका होमस्टेहरु सुनसान अवस्थामा छन् ।

Advertisement

सरकारले कोरोना कहरकै अवस्थामा गत असोज १ गतेदेखि मुलुकभर निषेधआज्ञा फुकुवा गर्दै आन्तरिक उडान तथा लामोदुरीको यातायात सेवा सञ्चालन गर्न अनुमति दिएपनि अझै यहाँ पर्यटक आउन सक्ने वातावरण बन्न सकेको छैन् ।

पछिल्लो समय समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेकाले जिल्लामा अघोषित रुपमा निषेधाज्ञाको नियम लागु गरिएको छ ।

Advertisement

पछिल्लो समय गण्डकी प्रदेशका अन्य जिल्लामा निषेधआज्ञा फुकुवा भएसंगै पर्यटकीय चहलपहल बढेतापनि मुस्ताङ अझै सुनसान छ ।

बिगत वर्षमा दसंै तिहार र छटपर्वको सेरोफेरोमा आन्तरिक तथा बाह्य पर्यटकको खचाखच हुन्थ्यो । यसवर्ष जिल्लाका अधिकाश गाउँहरु बन्दाबन्दी रहेकाले चाहेरपनि पर्यटक आउन सक्ने अवस्था नरहेको यहाँका होमस्टे सञ्चालकहरु बताउछन् ।

सबैभन्दा पुरानो र चर्चामा रहेको ठिनी थकाली सामुदायिक होमस्टे हो । थकाली जातीको मौलिक कलासंस्कृति र ऐतिहाँसिक जीवनशैली झल्किने ठिनी गाउँमा सञ्चालित होमस्टेपनि यतिबेला पर्यटक विहीन भएको छ ।

यसअघि २०७४ सालमा विधिवत रुपमा सञ्चालनमा रहेको ठिनी थकाली सामुदायिक होमस्टेमा बिगत वर्षमा उल्लेख्य पर्यटक आउथें ।

यसवर्ष कोरोना कहरका कारण पर्र्यटक आउन नसकेको सामुदायिक होमस्टेका सचिव जुमा थकालीले बताइन् ।

ठिनी थकाली होमस्टेमा आउने पर्यटकले यहाँको पर्यटकीय गन्तव्य ढुम्बाताल, यारुझो भ्यूटावर, स्नोलियोपार्ट, ठिनी ऐतिहाँसिक संग्रहालय, कुछप तेरुंगा गुम्बा, यहाँको मौलिक कला संस्कृति र यहाँ उत्पादित रैथाने खानाका परिकारको स्वाद लिने गरेको भएतापनि यसपटक कोभिड—१९ को प्रकोपले पर्यटनक्षेत्र तथा होमस्टेकर्मीलाई असर पु¥याएको उनले उल्लेख गरिन् ।

होमस्टे सचिव थकालीले होमस्टे सुनसान भएपछि आफुहरु पुरानै कृषि व्यवसायगरी जिविकोपार्जन गर्न बाध्य भएको बताइन् ।

कोरोना सुरुवात हुनु भन्दा अगाडी मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकले ठिनीगाउँको सामुदायिक होमस्टेमा बासबस्न पुग्ने गथ्र्ये ।

होमस्टेमा पुगेका पर्यटकले त्यहाँको थकाली मौलिक कलासंस्कृति, परम्परागत माटोले बनेका एकआपसमा जोडिएका घर, स्याउ बगैचा, निलगिरीकाखमा रहेको प्राकृतिक भुगोल लगायत नियाल्ने अवसर पाउँथे ।

गाउँ पर्यटन मञ्च नेपाल (भिटोफ) मुस्ताङका संयोजक निरज थकालीले मुस्ताङमा ४ होमस्टे सञ्चालनमा रहेपनि यतिबेला पर्यटक आउन नसक्दा जिल्लाका सबै होमस्टे सुनसान बनेको उल्लेख गरे ।

उनका अनुसार ठिनी सामुदायिक होमस्टेसंगै जोमसोम होमस्टे, स्याङखोला होमस्टे र मराङ होमस्टे सुचिकृत भइ सञ्चालनमा आएका छन् । यसअघि पर्यटकले खचाखच भरिभराउ हुने यहाँका होमस्टेलाई कोरोना कहरले प्रभावित बनाएको संयोजक थकालीको भनाइ छ ।

संयोजक थकालीले कोरोनाको अन्त्य र पर्यटक सहज रुपमा आउन सक्ने वातावरण बनेपछि भिटोफले पर्यटन प्रर्वद्धनकालागि विभिन्न तालिम तथा प्रचार प्रसारको काम गर्ने बताए ।

अर्गानिक फापरको ढिडो, भेड च्यांग्राको मासु, उवा र जौको सातु, स्याउ र उवाको मदिरा र साँझ पर्यटकको सम्मानमा सास्कृतिक नृत्य ठिनी होमस्टेको मुख्य आर्कषण बनेको छ ।

पूर्वतर्फको निलगिरी हिमालको काखैमा रहेको ठिनी गाउँमा पुग्ने जोकोही पर्यटक मख्ख पर्ने गर्छन । होमस्टेका सञ्चालकले पर्यटकलाई आउँदाको सम्मान र फर्कदांको बिदाई क्षण अविश्मरणीय हुने गर्छ ।

ठिनीको जनमुक्ति युवा क्लबका अध्यक्ष सञ्जय थकालीले ठिनी सामुदायिक होमस्टेमा आउने पर्यटक खुसीहुँदै फर्किने गरेकोमा यसपटक कोरोना कहरले होमस्टेका सञ्चालकलाई निरास तुल्याएको बताए ।

अध्यक्ष थकालीले बिगतमा क्लबकै अग्रसरतामा होमस्टे सञ्चालन भएको र होमस्टेमा पर्यटक प्रवद्र्धन गराउन क्लबले विभिन्न प्रचारप्रसारको काम गर्दै आएको बताए ।

करिब १ सय भन्दा बढी घरधुरी रहेको ठिनीमा सुरुवातमा ५ घरधुरी होमस्टेमा आबद्ध थिए ।

पछिल्लो समयमा १४ घरधुरीले होमस्टे चलाएका छन् । होमस्टेकालागि संघ, प्रदेश र स्थानीयतह र अन्नपूर्ण संरक्षणक्षेत्र (एक्याप) लगायतले समेत पूर्वाधार निर्माण, तालिम, गोष्ठी र विभिन्न अवसर सिर्जना गरेको थियो ।

सर्वसुलभ मुल्यमा खान र बस्नको सुविधा र चारैतिरको मनोरम दृश्यहरु देख्न पाइने भएकाले ठिनी थकाली होमस्टेको बसाइ पर्यटकका लागि अविश्मरणीय हुने गर्छ ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, पिण्डस्थल कागबेनी र उत्तरी कोरलानाका हेर्न जाने पर्यटक फर्कदा एकरात ठिनी होमस्टेमा जाने गरेको पाइएको छ ।

विश्वकै अग्लो उचाइको तिलिचोताल जोड्ने वैकल्पिक पदमार्ग समेत ठिनीसँगै जोडिएकाले विदेशी पर्यटकको उपयुक्त बासस्थान ठिनी सामुदायिक होमस्टे बन्ने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया