सामूहिकरुपमा आलु खेतीमा दलित महिला

समाधान संवादादता, पोखरा
स्याङ्जाको वालिङका ९ का दलित महिलाले सामूहिकरुपमा आलु खेती गरेका छन् ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ १० बामलेटारमा सामूहिक आलु खेती गरिएको हो ।
४० जना दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत ५ रोपनी जग्गा भाडामा लिएर सामूहिक आलु खेती गरेको संस्थाका अध्यक्ष सुनिता विश्वकर्माले बताइन् ।
‘नगरपालिकाले आलुको बीउ, आवश्यक मलखाद तथा अन्य औषधिहरु निशुल्क उपलब्ध गराएको छ,’ अध्यक्ष विश्वकर्माले भनिन्, ‘समूहमार्फत हामीले श्रममात्रै गरे पुग्छ ।’
महिला दिदीबहिनीहरुले सानो सानो रकम खर्च गर्न पर्दा पनि श्रीमान्कै मुख ताक्नुपर्ने अवस्था रहेकाले महिला दिदीबहिनीहरु आँफै आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भन्ने मुख्य उद्देश्यले समूहमार्फत व्यावसायिक आलु खेती गरेको अध्यक्ष विश्वकर्माले बताइन् ।
कोभिड १९ का कारण आर्थिक मार परेकोले जीवनस्तर उकास्नका लागि सामूहिक आलुखेती थालेको संस्थाका कोषाध्यक्ष सुविना विकले बताइन् ।
उत्पादन भएको आलु समूहले आँफै बिक्री गर्ने र बिक्री गर्न नसकेको खण्डमा नगरपालिकाले बजार व्यवस्थापना गरिदिने कोषाध्यक्ष विकले बताइन् । वचत भएको रकम समूहभित्रैका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि प्रयोग गर्नेछन् ।
समूहले पाँच रोपनी क्षेत्रफलमा ‘जनकदेव’ जातको आठ क्वीन्टल बीउ लगाउने भएको हो ।
आलु प्राविधिकहरुको प्रत्यक्ष निगरानी र सल्लाहमा नगरपालिकाका तीन वटा क्षेत्रमा सामूहिक आलु खेती गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् ।
‘समूहमार्फत काम गर्दा एकापसमा सीपको आदान प्रदानका साथै सहजता हुने भएकाले समूहमार्फत गरिने खेती प्रणालीलाई जोड दिएका हौं,’ अध्यक्ष तिवारीले भनिन्, ‘सामूहिक खेतीले आम्दानीमा बृद्धि र सामूहिक भावनाको विकासमा सहयोग पुग्ने ठानेका छौं ।’
यसका अलावा परियोजना अन्तर्गत वालिङ १४ को पनियारेमा १५ रोपनीमा १० क्वीन्टल र वालिङ ६ मा १० रोपनीमा ८ क्वीन्टल आलु लगाइने भएको हो ।
नगरपालिकाले समूहमार्फत गरिने खेती प्रणालीलाई प्राथमिकता दिँदै उत्पादकत्व बृद्धिमा जोड दिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
‘परम्परागत कृषि प्रणालीबाट माथि उठेर आधुनिक कृषि प्रणालीलाई अंगिकार गर्दै अगाडि बढ्नुहोस्,’ नगर प्रमुख खाँणले भने, ‘उत्पादित कृषि तथा पशुजन्य वस्तुहरुको ब्यवसायीकरण, आवश्यक यन्त्र उपकरण, औजारहरुका साथै बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने छ ।’
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङका १४ वटै वडामा उत्पादन बढाउने गरी अभियान सुरु गरिएको नगर प्रमुख खाँणले बताए ।
‘हाम्रो ध्यान भनेकै यस ठाउँको वातावरण र माटो सुहाउँदो उत्पादनमा जोड हो,’ नगर प्रमुख खाँणको भनाइ थियो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया